नयाँ भर्सनको इलेक्ट्रिक सोलार कार डेरी ईएम७ सोरुममा, सिंगल चार्जमा २६० किमी रेन्ज

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने भनिएको डेरी ब्रान्डको इलेक्ट्रिक सोलार कार ईएम७ नयाँ भर्सनमा उपलब्ध भएको छ । नेपालका लागि डेरी ब्रान्डको आधिकारिक वितरक अटाहोस्ट प्रालिले हालै सो गाडी सोरुमहरुमा उपलब्ध गराएको हो ।

काठमाडौंको अनामनगरस्थित सोरुममा उपलब्ध सो गाडीमा २४० एएचको सीएटीएल लिथियम ब्याट्री रहेको छ । यो भन्दा पहिलेका गाडीमा १५० एएच क्षमताको ब्याट्री थियो । अब यो गाडीले सिंगल चार्जमा २६० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा सोलार समेत भएकाले यसले समेत गाडीको रेन्ज बढाउन सहयोग गर्छ ।

डेरी ईएम७ मा १५ किलोवाटको मोटर रहेको छ । त्यसैगरी यसमा हिल असिस्ट कन्ट्रोल, लेदर फिनिस ड्यासबोर्ड, पावर विन्डो, रियर भ्यु क्यामेरा, सेन्ट्रल लक, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अलोय ह्विल आदि फिचर उपलब्ध छन् ।

रातो, सेतो, सिल्भर र ग्रे गरी चार कलर भेरिएन्टमा उपलब्ध यो गाडीको मूल्य १९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले ब्याट्रीमा ४ वर्ष वारेन्टी दिनुका साथै २ वर्ष सम्म निःशुल्क सर्भिसिङ सुविधा दिने बताएको छ ।

सम्बन्धित समाचारहरू

प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

प्रचलित दरभन्दा उच्च मूल्यांकनका साथ पुरानो गाडीसँग प्रोटोन ईमास ७ साट्ने योजना

काठमाडौं – नेपालका लागि प्रोटोन गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्स...

यो हो विश्वकै नम्बर १ इलेक्ट्रिक कार, फेरि बन्यो विजेता

यो हो विश्वकै नम्बर १ इलेक्ट्रिक कार, फेरि बन्यो विजेता

औडी ई–ट्रोन जीटी क्वाट्रोले २०२२ वल्र्ड कार अवार्डमा वल्र्ड परफर्मेन्स...

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले बजारमा लन्च गर्ने अन्तिम तयारीमा रहेको नयाँ इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...