सबैभन्दा धेरै बिक्री हुने भ्यान ११ वर्षपछि नयाँ भर्सनमा आउँदै

भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले यो वर्षको अगस्ट वा सेप्टेम्बरमा ईको भ्यानको नयाँ पुस्ता लन्च गर्नेछ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ११ वर्षपछि सो भ्यानलाई नयाँ रुपमा पेश गर्न लागेको छ । यसका साथै कम्पनीले भ्यानको निर्यातमा पनि ध्यान केन्द्रित गरेको छ ।

एचटी अटोको रिपोर्ट अनुसार, मारुती सुजुकी ईको २०२२ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने १० गाडी मध्ये एक हो । कम्पनीले नयाँ लुकमा आउने भ्यानको बिक्रीमा ठूलो वृद्धि हुने अनुमान गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १ हजार युनिटभन्दा कम ईको निर्यात गरेको थियो ।

यो कारलाई विदेशी बजारमा लोकप्रिय बनाउन कम्पनीले नयाँ पुस्ता ईकोसँग पावर स्टेयरिङ उपलब्ध गराउन लागेको हो । कम्पनीले भ्यान मोडल नयाँ अवतारको साथै पावर स्टेयरिङको सुविधा पनि दिएको छ । स्लाइडिङ ढोकाको कारण यो ७ सिटर मोडलमा उपलब्ध हुनेछ ।

यो भ्यान पहिलो पटक २०१० मा भारतीय बजारमा आएको थियो र कम्पनीले लन्च भएको २ वर्ष भित्रमा १ लाख भन्दा बढी युनिट बिक्री गर्न सफल भयो । ईकोले २०१८ सम्म देशभर ५ लाख युनिट बिक्री गरेको छ । मार्च ३१, २०२२ सम्ममा कम्पनीले ईको मोडलले घरेलु बजारमा हरेक महिना औसत ९ हजार ५०० भ्यान बिक्री गरेको थियो । यस सेगमेन्टमा सो मोडलको कुनै प्रतिस्पर्धा छैन ।

सम्बन्धित समाचारहरू

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

भारतमा सर्बाधिक बिक्री हुने एसयूभीको पहिलो नम्बरमा सुजुकी फ्रङ्क्सको प्रवेश

फेब्रुअरी २०२५ मा भारतमा शीर्ष १० एसयूभीको बिक्री सूची सार्वजनिक भएको छ ।...

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, ५०० किमी रेन्जका साथ एडास २ लगायतका फिचर

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, ५०० किमी रेन्जका साथ एडास २ लगायतका फिचर

मारुती सुजुकीले कम्पनीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा भारत ग्लोबल...

३१ दिनमा १ लाख १६ हजार बाइक बिक्री गरी सुजुकीले बनायाे नयाँ रेकर्ड

३१ दिनमा १ लाख १६ हजार बाइक बिक्री गरी सुजुकीले बनायाे नयाँ रेकर्ड

सुजुकी मोटर कर्पोरेशनले जुलाई २०२४ मा मासिक बिक्रीको लागि नयाँ रेकर्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...