नाडा अटो शो २०२६ मा प्रिमियम तथा इन्टेलिजेन्ट अवतार ०७ सार्वजनिक, सुरुवाती मूल्य २ करोड २० लाख
काठमाडौं – सीजी एमएडब्लु इभोलुसन प्रालिले नाडा अटो शो २०२६ को पहिलो दिन...
काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ भेरिएन्टको इलेक्ट्रिक गाडी नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपाली कार पारखीहरुलाई अत्याधुनिक प्रविधि, असाधारण कम्फर्ट र अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनकिो प्रतिबद्धतालाई यसले दर्शाउने कम्पनीको भनाइ छ । सिट्रोनको पहिचानको रुपमा कायम रहेको असाधारण कम्फर्ट र अद्वितीय ड्राइभिङ अनुभवलाई यसले अझै बलियो बनाउने समेत बताइएको छ ।
यद्यपि कम्पनीले कुन गाडी नेपाली बजारमा उपलब्ध गराउन लागेको हो भन्ने वारेमा खुलेर केही बताएको छैन । विस्तृत जानकारी लिन तथा सिट्रोनको गाडीमा पाइने कम्फर्ट र इनोभेसनको नेक्स्ट लेभल अनुभव गर्नका लागि केही दिन पर्खिन समेत कम्पनीले आग्रह गरेको छ ।
केही दिन पहिले सिट्रोन ईसी३ को नयाँ भेरिएन्ट ईसी३ साइन परीक्षणको क्रममा काठमाडौंको सडकमा देखिएको थियो । यसका आधारमा सिट्रोनले ल्याउने नयाँ भेरिएन्ट ईसी३ साइन हो कि भन्ने पनि अनुमान गर्न सकिन्छ ।
वास्तविक जानकारीका लागि भने केही दिन पर्खिनु र कम्पनीको आधिकारिक भनाइलाई नै आधार मान्नु पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...