विश्वभर १ करोड युनिट वागन आर बिक्री, नेपाली सडकमा दमदार उपस्थिति
मारुती सुजुकीको लोकप्रिय मोडल वागनआरले विश्वभर एक करोड युनिट बिक्रीको...
सुजुकीले वर्गम्यान स्कुटरको नयाँ भेरियन्ट लन्च गरेको छ । स्ट्रिट इएक्स नाममा आएको यो स्कुटर स्ट्यान्डर्ड भेरियन्टको तुलनामा २२ हजार ४ सय भारुले महंगो भएर आएको हो । जसको मूल्य १ लाख १२ हजार भारु निर्धारण गरिएको छ ।
यो नयाँ भेरियन्टमा सुजुकीले यसअघिको १० इन्च रियर ह्विललाई विस्थापन गरेर १२ इन्चको ह्विल दिएको छ भने टायर समेत केही ठूलो छ । यसमा साइलेन्ट स्टार्टर सिस्टम र अटो स्टार्ट÷स्टप फंक्सनर समेत थप गरिएको छ । साथै यसमा सुजुकी इको पर्फमेन्स अल्फा टेक्नोलोजी समेत प्रयोग गरिएको छ । जसले इन्धन बचत गर्न मद्धत गर्ने र माइलेज समेत बढि दिने कम्पनीको दावी छ ।
यसको डाइमेन्सनमा समेत स्ट्यान्डर्ड भेरियन्टको तुलनमा केही परिमार्जन गरिएको छ । यसको तौल स्ट्यान्डर्ड भेरियन्ट भन्दा १ किलोग्राम बढी छ भने ह्विलवेश २५ एमएमले लामो र ५ एमएमले साँघुरो छ । यसमा एलइडी हेड लाइट, व्लुटुथ सपोर्ट गर्ने एलसिडी डिस्प्ले र युएसवी चार्जिङ सकेट दिइएको छ ।
यो नयाँ भेरियन्टमा स्ट्यान्डर्ड भेरियन्टकै पावरट्रेनलाई निरन्तरता दिइएको छ । यसका जडान गरिएको १२४ सिसी टु भल्भ सिंगल सिलिन्डर इन्जिनले ८.६ एचपी पावर र १० एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । यो स्कुटर प्लाटिनम सिल्भर, व्रोन्ज र व्ल्याक कलरमा उपलब्ध छ ।
मारुती सुजुकीको लोकप्रिय मोडल वागनआरले विश्वभर एक करोड युनिट बिक्रीको...
जापानी अटोमोबाइल निर्माता कम्पनी सुजुकीले हाल साइड बिजनेसको रुपमा भारतीय...
काठमाडौं – सुजुकी टु ह्विलर्सको नेपालका लागि आधिकरिक वितरक भीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...