भनेकै समयमा पाइदैनन् यी कार, किन्नका लागि लामो समय प्रतीक्षा गर्नु पर्ने
फेस्टिभ सिजन सुरु भइसकेको छ । वर्षको अन्य दिनभन्दा यो सिजनमा अटोमोबाइल...
हुन्डाई मोटर्स इण्डियाले टुसानको चौथो जेनेरेशनलाई आज भारतीय बजारमा लन्च गरेको छ । यो एसयुभी नेपाली बजारमा लन्च भएको ठिक १ वर्षपछि भारतमा लन्च गरिएको हो । नेपालमा अघिल्लो वर्षको साउन महिनामा यसलाई सार्वजनिक गरिएको थियो भने औपचारिक लन्च भदौ महिनामा गरिएको थियो । जसको सुरुवाती मूल्य २७ लाख ७० हजार भारुदेखी शुरु हुने जनाइएको छ ।
भारतीय बजारमा यो एसयूभी प्लाटिनम र सिग्नेचर गरी कुल २ ट्रिमममा उपलब्ध हुनेछ । यो नयाँ एसयूभीमा कम्पनीको सेन्सुअल स्पोर्टी डिजाइन दिएको छ । यसमा आकर्षक एलईडी हेडल्याम्प सहितको नयाँ प्यारामेट्रिक ग्रिल जडान गरिएको छ ।
भारतमा पहिलोपटक टुसानमार्फत अटोमेटिक ड्राइभर असिस्ट सिस्टम(अडास) उपलब्ध गराएको हुन्डाइले यसमा लेभल टु अडास टेक्नोलोजी उपलब्ध गराएको छ । जसअन्तर्गत फरवार्ड कोलिजिन वार्निङ, व्लाइन्ड स्पट असिस्ट, लेन किप असिस्ट र रियर क्रस ट्राफिक अलर्ट लगायत अन्य फिचर्स सामेल गरिएका छन ।
२.० लिटर पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध यो एसयूभीमा ६–स्पिड अटोमेटिक र ८ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ । जसको अधिकतम पावर पेट्रोल इन्जिनको १५६ एचपी र टर्क १९२ एनएम छ भने डिजेलको १८६ एचपी पावर र टर्क ४१६ एनएम रहेको छ ।
यो नयाँ जेनेरेशनमा हुन्डाइले डुअल टोन इन्टेरियर दिएको छ । जहाँ व्ल्याक र ग्रे कलरलाई आकर्षक तवरकाट समायोजन गरिएको देख्न सकिन्छ । साथै यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र सोही आकारको डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ । यसमा दिइएको फोर स्पोक स्टेरिङ ह्विल हालको क्रेटा र अल्काजार एसयूभीको भन्दा भिन्न रहेको छ ।
फिचर्सको कुरा गर्नुपर्दा यसमा डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस स्मार्टफोन चार्जिङ, पानारोमिक सनरुफ, एयर प्यूरिफायर, हिटेड एन्ड भेन्टिलेटेड फ्रन्ट सिट, ६४– कलर एम्विएन्ट लाइटिङ, ३६० डिग्री क्यामेरा, मेमरी फंक्सन सहितको इलेक्ट्रिकल्ली एडजस्ट गर्न मिल्ने ड्राइभर सिट, रेन सेन्सिङ वाइपर, व्लू लिंक कनेक्टेड कार फिचर्स, भ्वाइस कमान्ड, एलेक्सा एन्ड गुगल असिस्टेन्ट, ८ स्पिकर वोस साउन्ड सिस्टम र पावर्ड टेलगेट लगायत सुविधा उपलब्ध गराइएको छ ।
नेपाली बजारमा यो एसयूभी कुल ५ भेरियन्टमा उपलब्ध रहँदै आएको छ । जसको मूल्य ९४ लाख ९६ हजारदेखी १ करोड ४२ लाख ९६ हजार रुपैयाँसम्म कायम गरिएको छ । नेपाली बजारमा यो एसयूभीसंग जीप कम्पास, फक्सवागन टिग्वान, सिट्रोन सि५ एयरक्रस, र टाटा एच५ लगायत मोडलले प्रतिस्पर्धा गरिरहेका छन् । ।
फेस्टिभ सिजन सुरु भइसकेको छ । वर्षको अन्य दिनभन्दा यो सिजनमा अटोमोबाइल...
काठमाडौं – नेपाली बजारमा हुन्डाई आई२० सार्वजनिक भएको छ । आज फेसबुक...
हुन्डाईले आफ्नो क्रेटा इलेक्ट्रिक भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...