रसुवालाई सडक सञ्जालसँग जोड्न बेलीब्रिज निर्माणको प्रक्रिया अघि बढ्यो
काठमाडौं – रसुवालाई सडक सञ्जालसँग जोड्न बेलीब्रिज प्रयोग गरिने भएको छ ।...
काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार बुधबार बिहानसम्म कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । नयाँ ट्र्याक खोल्ने काम सकिएसँगै भोलिदेखि यो राजमार्गमा पूर्णरूपमा सवारीसाधन आउजाउ गर्नेछन्।
भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि अर्थात् १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभीरमा सडक कटान गरेपछि त्यसयता यो राजमार्ग अवरुद्ध छ ।
२८ भदौमा केही हेभी सवारीसाधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो । नयाँ ट्र्याकको परीक्षण गरिए पनि काम पूर्णरूपमा नसकिएको भन्दै गाडी चल्न दिइएको थिएन ।
सडक विभागका अनुसार गत भदौ १० र १४ गते आएको बाढीले कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको थियो। यातायात सञ्चालनका लागि विभागले आवश्यक स्रोत, साधन, जनशक्ति तथा उपकरण परिचालन गरी नयाँ ट्रयाक निर्माण तथा सडक पुनर्स्थापनाको काम अघि बढाइरहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...