टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने
टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...
सुर्खेत – नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्ट (युटिएस) ले सुर्खेतमा शोरुम ओम श्री अर्चना बाबा मोटर्स शुभारम्भ गरेको छ । गत शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बिसीले गरे ।
सो अवसरमा युनाइटेड ट्रेडर्स सिन्डिकेन्टका बरिष्ठ निर्देशक कैलाशभक्त राजभण्डारी, महाप्रबन्धक महेश कुमार र सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा मन्त्री बिसीले सुर्खेतमा संसारकै टप ब्रान्डको शोरुम खुल्नु गर्वको कुरा रहेको बताउदै उक्त शोरुम उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गरे ।
युटिएसका बरिष्ठ निर्देशक राजभण्डारीले टोयोटाको ‘ग्लोबल भिजन मोबिलिटी अफर अल’ लाई आत्मसात गर्दै कर्णाली प्रदेशका जनतालाई केन्द्रीत गर्दै सेवा दिन उक्त शोरुमले निकै राम्रो भूमिका खेल्ने बताए ।
सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स गरी थ्रीएस सेवा दिने उद्देश्यका साथ स्थापना भएको उक्त शोरुम ओम श्री अर्चना बाबा मोटर्सका प्रबन्ध निर्देशक किशोर रेग्मीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै टोयोटा ब्रान्डलाई कर्णाली प्रदेशकै लोकप्रिय ब्रान्ड बनाउन सक्दो प्रयास गर्ने बताए ।
हाल नेपालमा टोयोटाका साना एसयूभी देखि पिकअप, बस, एसयूभी सम्मका गाडी नेपालमा उपलब्ध छन् ।
टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...
भारतमा अहिले बिभिन्न अटो उत्पादकहरुले गाडीको मूल्य बढाइरहेका छन् । नयाँ...
टोयोटाको लोकप्रिय एसयुभी र्याभ–४ विश्वमा सर्बाधिक बिक्री हुने कार बनेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...