टेस्लाले रकेट इन्जिन भएको इलेक्ट्रिक रोडस्टर ल्याउँदै, अर्को वर्षदेखि डेलिभरी गर्ने

टेस्लाको सबैभन्दा पावरफुल कार रोडस्टर सुपरकारको निकै चर्चा चलिरहेको छ । सो सुपरकार बजारमा छिट्टै प्रवेश हुने भएको छ । यसको जानकारी टेस्लाका सीईओ एलन मस्कले दिएका हुन् । साथै एलन मस्कले नयाँ रोडस्टरको स्पिडको बारेमा पनि खुलासा गरेका छन् ।

टेस्लाको सो सुपरकार इलेक्ट्रिक भर्सन तथा ४ सिटर रोडस्टर हुनेछ, जसलाई पहिलो पटक सन् २०१७ मा सार्वजनिक गरिएको थियो । टेस्लाले सो कार सन् २०२० मा लन्च गर्ने घोषणा गरेको थियो । साथै यसको प्रि–बुकिङ पनि सुरु गरिसकेको थियो ।

तर विभिन्न कारणले यसको लन्चिङ मिति सन् २०२० बाट सन् २०२१ र त्यसपछि सन् २०२३ मा सारिएको थियो । कम्पनीले अब सो कार २०२५ सम्ममा लन्च गर्ने जानकारी दिएको छ । यद्यपि कम्पनीले नयाँ रोडस्टर इलेक्ट्रिक सुपरकारको उत्पादन अर्को वर्षदेखि सुरु हुने अपेक्षा गरिएको छ ।

सन् २०१८ मा मस्कले इलेक्ट्रिक टेस्ला रोडस्टरमा रकेट इन्जिन हुने जानकारी दिएका थिए । रकेट इन्जिनका कारण कारको एक्सेलेरेशन, स्पिड र ब्रेकिङमा सुधार हुने दाबी गरिएको छ । सो कार रकेट कम्पनी स्पेसएक्स र टेस्लासँगको सहकार्यमा बनाइएको हो ।

सो कारमा १० वटा साना रकेट थ्रस्टर हुनेछ, जसका कारण कारले एक सेकेन्डभन्दा कम समयमा ० देखि ६० माइल प्रतिघण्टाको गति लिनेछ । यसको टप स्पिड ४०० किलोमिटर प्रतिघण्टा छ । सो सुपरकारले एक पटकको फुल चार्जमा ९९८ किलोमिटरको रेन्ज प्रदान गर्छ । नयाँ इलेक्ट्रिक रोडस्टर कारको डेलिभरी अर्काे वर्षदेखि सुरु हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

दोब्बर बढे सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने बेलायती

दोब्बर बढे सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने बेलायती

बेलायतमा गत वर्ष भन्दा सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने...

हुन्डाई र कियाको बजार चिर्न बीवाईडीले कोरियामा दोब्बर सेल्स नेटवर्क बनाउँने, देखायो अर्को मोडल

हुन्डाई र कियाको बजार चिर्न बीवाईडीले कोरियामा दोब्बर सेल्स नेटवर्क बनाउँने, देखायो अर्को मोडल

दक्षिण कोरियाली बजारमा रहेको हुन्डाई र कियाको बजारलाई चिर्नका लागि...

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

इलेक्ट्रिक स्कुटरको माग तीव्र गतिमा बढेसँगै हालै भारतमा सार्वजनिक गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...