नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रबिन लामिछाने, यस्तो बन्यो नयाँ कार्यसमिती

काठमाडौं– नेपाल रिकन्डिसन अटो व्यवसायी संघको नवौं र दशौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै आगामी कार्यकालका लागि प्रबिन लामिछानेलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनमा विभिन्न संघ–संस्था, व्यावसायिक प्रतिष्ठान, व्यवसायी प्रतिनिधि, कानुनी सल्लाहकार, पत्रकार तथा निर्वाचन मण्डलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले अटो व्यवसाय क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा भावी रणनीतिबारे छलफल गरेका थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रदीप राना, महासचिवमा कुमार बोगटी, सचिवमा अमित अधिकारी, सहसचिवमा डुक्पा घले, कोषाध्यक्षमा मनिषराज पाण्डे तथा सहकोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा अर्जुन पौडेल, नवराज बिडारी, देवेन्द्रकुमार श्रेष्ठ, रुद्र ढुंगाना, सुरजप्रसाद नेपाल, विकास श्रेष्ठ, केशव निरौला तथा तीर्थबहादुर बुढाथोकी चयन भएका छन् ।

सेकेन्ड ह्यान्ड गाडीको कारोबार गर्ने व्यवसायी मिलेर गठन गरेको उक्त संस्थामा देशभरका ३०० भन्दा बढी व्यवसायी आबद्ध छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...