चितवनमा टाटाको नयाँ शोरुम, टियागो इभी र पन्चको बिक्री सुरु

चितवन– टाटा मोटर्सले आफ्ना उत्पादन विक्रीवितरणका लागि भरतपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको स्थानिय वितरकका रुपमा एसएच मोटर्सले शुक्रबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो । ३ हजार ५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा अवस्थित रहेको छ । जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सोरुम संचालनमा आएसंगै नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभीको विक्रिवितरण भरतपुरमा सुरु भएको छ। कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्तजङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो ।

‘टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको भरतपुर बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ । ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ्ग र एसएच मोटर्सको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं’ सिजापतीले भने ।

सिप्रदीले केहीदिन पहिले सम्पन्न नाडा अटो शोमा टियागो ईभी र पन्च माइक्रो एसयूभीलाई लन्च गरेको थियो । टियागो ईभीमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आराम, अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु छन् । यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ ।

त्यसैगरी, टाटाको “न्यु फरेभर” रेञ्ज अन्तर्गतको पन्चमा मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा जस्ता विशेषताहरु पाउन सकिन्छ । पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभीका रुपमा पनि परिचित रहेको कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं – आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा सिप्रदी...

४ सय किमी लङ रेन्ज दिने नेक्सन ईभी मे ११ मा सार्वजनिक हुने

४ सय किमी लङ रेन्ज दिने नेक्सन ईभी मे ११ मा सार्वजनिक हुने

आखिर अब प्रतीक्षाको घडी समाप्त हुने भएको छ । टाटा मोटर्सले नेक्सन ईभीको लङ...

टाटाका इलेक्ट्रिक कार किन्न एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा दिने

टाटाका इलेक्ट्रिक कार किन्न एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं – एभरेष्ट बैंक र सिप्रदी ट्रेडिङबीच सहुलियत ब्याजदरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...