४० किलोवाट आवर ब्याट्री र लाइफटाइम वारेन्टीसहित नयाँ २०२६ टाटा पन्च ईभी फेसलिफ्ट सार्वजनिक

भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले नयाँ टाटा पन्च ईभी फेसलिफ्ट २०२६ संस्करण सार्वजनिक गरेको छ। गत जनवरीमा पेट्रोल संस्करणको फेसलिफ्ट आएपछि अपडेटेड पन्च ईभीको प्रतीक्षा गरिएको थियो। अब यो इलेक्ट्रिक कम्प्याक्ट एसयूभी ९ लाख ६९ हजार भारु प्रारम्भिक एक्स–शोरूम मूल्यमा उपलब्ध भएको छ।

कम्पनीले ब्याट्री–एज–ए–सर्भिस (बीएएएस) मोडल पनि ल्याएको छ, जसअन्तर्गत गाडीको प्रारम्भिक मूल्य ६ लाख ४९ हजार भारुबाट सुरु हुन्छ। यस मोडलमा ब्याट्री भाडा दर २.६ रुपैयाँ प्रति किलोमिटर निर्धारण गरिएको छ।

यसमा एलईडी हेडलाइट र डीआरएल, कनेक्टेड एलईडी टेलल्याम्प, १६ इन्चसम्मका अलोय ह्विल जस्ता आकर्षक फिचर समावेश छन्। इन्टेरियरमा प्रिमियम डुअल–टोन ड्यासबोर्ड, फ्रन्ट भेन्टिलेटेड लेदरेट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, बिग डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायर जस्ता आधुनिक सुविधा दिइएको छ।

नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्प उपलब्ध छन्। ३० किलोवाट आवर संस्करणको एआरएआई प्रमाणित रेन्ज २८० किलोमिटर रहेको छ भने वास्तविक सडक अवस्थामा ३६५ किलोमिटरसम्म पुग्ने दाबी गरिएको छ। ४० किलोवाट आवर संस्करणको एआरएआई प्रमाणित रेन्ज ४६८ किलोमिटर र वास्तविक प्रयोगमा ३३५ देखि ३५५ किलोमिटरको बीचमा रहने बताइएको छ।

कम्पनीले प्रयोगकर्ताको ‘रेन्ज एन्जायटी’ कम गर्ने उद्देश्यले यी सुधार ल्याएको जनाएको छ। चार्जिङ क्षमतामा पनि उल्लेखनीय सुधार गरिएको छ। डीसी फास्ट चार्जर प्रयोग गर्दा गाडीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्ने कम्पनीको दाबी छ। साथै, केवल १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटरको रेन्ज प्राप्त गर्न सकिने उल्लेख गरिएको छ। देशभर चार्जिङ पूर्वाधार विस्तार भइरहेको पनि कम्पनीले जनाएको छ।

नयाँ पन्च ईभीको सबैभन्दा ठूलो विशेषता भनेको अनलिमिटेड किलोमिटर वारेन्टी र लाइफटाइम ब्याट्री वारेन्टी हो। सेग्मेन्ट–फस्र्ट मानिएको यो सुविधा ईभी प्रयोगकर्ताका लागि महत्वपूर्ण मानिएको छ। सामान्यतया ईभी खरिदकर्ताको मुख्य चिन्ता ब्याट्रीको आयु र प्रतिस्थापन खर्च हुने भएकाले कम्पनीले ‘टेन्सन–फ्री ओनरसिप’ दिने उद्देश्य राखेको जनाएको छ।

नयाँ पन्च ईभी फेसलिफ्टमा शक्तिशाली मोटर जडान गरिएको छ, जसले ० देखि १०० किमी प्रतिघण्टा गति केवल ९ सेकेन्डमा हासिल गर्न सक्छ। यसमा ३ ड्राइभ मोड र ४ स्तरको रिजेनेरेटिभ ब्रेकिङ सुविधा दिइएको छ। १९५ एमएम ग्राउन्ड क्लियरेन्स र ४५० एमएम वाटर वेडिङ क्षमता भएकाले खराब सडक तथा पानी जमेको क्षेत्रमा पनि सहज रूपमा सञ्चालन गर्न सकिने दाबी गरिएको छ ।

सुरक्षाका दृष्टिले नयाँ पन्च ईभीलाई उच्च प्राथमिकता दिइएको छ। यसमा हिल होल्ड असिस्ट, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र आइसोफिक्स चाइल्ड माउन्ट जस्ता स्ट्यान्डर्ड फिचर उपलब्ध छन्। साथै, ३६० डिग्री क्यामेरा सिस्टमले पार्किङ र सघन ट्राफिकमा थप सहजता प्रदान गर्छ।

समग्रमा, नयाँ २०२६ टाटा पन्च ईभी फेसलिफ्ट आकर्षक डिजाइन, सुधारिएको रेन्ज, फास्ट चार्जिङ, उन्नत प्रविधि र लाइफटाइम ब्याट्री वारेन्टीसहित भारतीय बजारमा कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत भएको छ। नेपालमा समेत यो गाडी केही समय पछि उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टेस्ला साइबरट्रकलाई टक्कर दिन जीएसीले नयाँ पिकअप ल्याउने

टेस्ला साइबरट्रकलाई टक्कर दिन जीएसीले नयाँ पिकअप ल्याउने

चिनियाँ अटो निर्माता जीएसीले हालै सम्पन्न सांघाई मोटर शोमा आफ्नो नयाँ...

६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार नेपाल प्रस्थान, जनवरीमै नेपाल भित्रिने

६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार नेपाल प्रस्थान, जनवरीमै नेपाल भित्रिने

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा बढी रेन्जको इलेक्ट्रिक कार...

ललितपुरमा ईभी प्रयोगकर्ताले सम्पत्ति करमा ५ प्रतिशत छुट पाउने

ललितपुरमा ईभी प्रयोगकर्ताले सम्पत्ति करमा ५ प्रतिशत छुट पाउने

काठमाडौँ – ललितपुर महानगरपालिकाले आफ्‌नो पालिका भित्र विद्युतीय सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...