सुजुकीले ल्यायो स्पोर्टी स्टाइल र विभिन्न फिचरयुक्त स्कुटर एभेनिस : बजारको नयाँ खेलाडी बन्ने अपेक्षा
सुजुकीले भारतीय बजारमा नयाँ स्कुटर सुजुकी एभेनिस लन्च गरेको छ । नयाँ १२५...
जापनिज अटो निर्माता सुजुकीले हालै सम्पन्न जापान मोविलिटी शोमा सार्बजनिक गरेको नयाँ स्विफ्ट छिट्टै बजारमा आउने भएको छ । चौथो जनेरेशन सो नयाँ ह्याचब्याक कारको अहिले भारतमा रोड टेष्ट भइरहेको मारुती सुजुकी इन्डियाले जनाएको छ । नयाँ स्विफ्ट २०२४ भित्रै बजारमा आईसक्ने अनुमान गरिएको छ ।
नयाँ स्विफ्टमा सुजुकीले जेड–सिरिजको नयाँ १.२ लिटर नेचुरल्लि एस्पिरेटेड पेट्रोल थ्री सिलिन्डर इन्जिन जडान गरेको छ । सिलिन्डर संख्या कम भएसंगै कारको तौल समेत कम हुने र यसले दिने माइलेज पनि बढेर ४० किलोमिटर पुग्ने कम्पनीले दावी गरेको छ । हाल प्रयोगमा आएको के–सिरिज इन्जिनले प्रतिलिटर पेट्रोलका खपतमा २२ किलोमिटर माइलेज दिँदै आएको छ ।

नयाँ इन्जिनको सिलिन्डर संख्या कम भएपनि यसले दिने पावर भने ४ सिलिन्डर के–सिरिज सरहनै रहने कम्पनीले जनाएको छ । साथै यसको टर्क भने पुरानो इन्जिनको तुलनमा केही बढी हुनेछ । हाल प्रयोगमा आएको के–सिरिज इन्जिनलाई विस्थापन गर्नेगरी बिकास गरिएको सो नयाँ इन्जिनलाई स्विफ्ट हुँदै निकट भविष्यमा फ्रङक्स, बलेनो, इको र इग्निस लगायत मोडलमा समेत विस्तार गर्ने सुजुकीले योजना बनाएको छ ।
नयाँ स्विफ्टमा नयाँ डिजाइनको ग्रिल, एल आकारको एलईडी डे टाईम रनिङ लाइट, पछाडी डुअल टोन बम्पर, फ्लोटिङ टचस्क्रिन र थ्री स्पोक फ्ल्याट वटम स्टेरिङ ह्विल लगायत फिरच पाउन सकिनेछ ।
सुजुकीले भारतीय बजारमा नयाँ स्कुटर सुजुकी एभेनिस लन्च गरेको छ । नयाँ १२५...
२०२५ टोकियो मोटर शोमा बीवाईडीले आफ्नो पहिलो के–कार राकोको डेब्यू गरेसंगै...
ग्राहकहरु माझ कम्प्याक्ट एसयूभी निकै लोकप्रिय रहेको छ । सस्तो र कम मर्मत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...