४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

जापनिज अटो निर्माता सुजुकीले हालै सम्पन्न जापान मोविलिटी शोमा सार्बजनिक गरेको नयाँ स्विफ्ट छिट्टै बजारमा आउने भएको छ । चौथो जनेरेशन सो नयाँ ह्याचब्याक कारको अहिले भारतमा रोड टेष्ट भइरहेको मारुती सुजुकी इन्डियाले जनाएको छ । नयाँ स्विफ्ट २०२४ भित्रै बजारमा आईसक्ने अनुमान गरिएको छ ।

नयाँ स्विफ्टमा सुजुकीले जेड–सिरिजको नयाँ १.२ लिटर नेचुरल्लि एस्पिरेटेड पेट्रोल थ्री सिलिन्डर इन्जिन जडान गरेको छ । सिलिन्डर संख्या कम भएसंगै कारको तौल समेत कम हुने र यसले दिने माइलेज पनि बढेर ४० किलोमिटर पुग्ने कम्पनीले दावी गरेको छ । हाल प्रयोगमा आएको के–सिरिज इन्जिनले प्रतिलिटर पेट्रोलका खपतमा २२ किलोमिटर माइलेज दिँदै आएको छ ।

नयाँ इन्जिनको सिलिन्डर संख्या कम भएपनि यसले दिने पावर भने ४ सिलिन्डर के–सिरिज सरहनै रहने कम्पनीले जनाएको छ । साथै यसको टर्क भने पुरानो इन्जिनको तुलनमा केही बढी हुनेछ । हाल प्रयोगमा आएको के–सिरिज इन्जिनलाई विस्थापन गर्नेगरी बिकास गरिएको सो नयाँ इन्जिनलाई स्विफ्ट हुँदै निकट भविष्यमा फ्रङक्स, बलेनो, इको र इग्निस लगायत मोडलमा समेत विस्तार गर्ने सुजुकीले योजना बनाएको छ ।

नयाँ स्विफ्टमा नयाँ डिजाइनको ग्रिल, एल आकारको एलईडी डे टाईम रनिङ लाइट, पछाडी डुअल टोन बम्पर, फ्लोटिङ टचस्क्रिन र थ्री स्पोक फ्ल्याट वटम स्टेरिङ ह्विल लगायत फिरच पाउन सकिनेछ ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकीको इलेक्ट्रिक कार लन्चमा किन ढिलाइ ? यस्तो हुनसक्छ कारण

मारुती सुजुकीको इलेक्ट्रिक कार लन्चमा किन ढिलाइ ? यस्तो हुनसक्छ कारण

मारुती सुजुकीको पहिलो ईभीएक्स सन् २०२४ मा लन्च हुने अनुमान गरिएको थियो । तर...

क्र्यास टेष्टमा सुजुकी नयाँ स्विफ्टलाई थ्री स्टार रेटिङ

क्र्यास टेष्टमा सुजुकी नयाँ स्विफ्टलाई थ्री स्टार रेटिङ

काठमाडौं–सुजुकीको हालै लन्च भएको नयाँ स्विफ्टले क्र्यास टेष्टमा ३ स्टार...

नयाँ ब्रेजाको लन्च हुने मिति तय, यस्तो छ जुन ३० मा लन्च हुने यो एसयुभी

नयाँ ब्रेजाको लन्च हुने मिति तय, यस्तो छ जुन ३० मा लन्च हुने यो एसयुभी

सव फोर मिटर एसयुभीमा सर्बाधिक लोकप्रिय भिटरा ब्रेजाको अपडेटेड मोडल यहि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...