टर्बो बुस्टरजेट पेट्रोल इन्जिन सहित आउने छ नयाँ स्विफ्ट

मारुती सुजुकी लोकप्रिय ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन ल्याउने तयारी गरिरहेको छ । रिपोर्टका अनुसार कम्पनीले यसलाई २०२४ अटो एक्सपोमा लन्च गर्नेछ । नयाँ स्विफ्टमा फ्रङ्क्सको इन्जिन प्रयोग गरिनेछ ।

कारमा माइल्ड हाइब्रिड प्रविधि पनि ल्याउने सम्भावना रहेको छ । सो कारमा टर्बो बुस्टरजेट पेट्रोल इन्जिन प्रयोग गरिने छ । सो इन्जिन १.० लिटर ३ सिलिन्डरको हुनेछ । जसले १०० पीएस पावर जेनेरेट गर्नेछ । यो इन्जिनमा ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प हुनेछ ।

हाइब्रिड पावरट्रेनको कारमा १.४ लिटर टर्बो पेट्रोल इन्जिन प्रयोग गरिने पनि चर्चा छ । यसका लागि मारुती सुजुकीले टोयोटासँग पनि साझेदारी गरेको छ । स्विफ्टमा १.२ लिटर इन्जिन पाउने सम्भावना छ ।

नयाँ स्विफ्टमा ३६० डिग्री क्यामेरा, ९ इन्चको इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, स्टेयरिङ माउन्टेड कन्ट्रोल, पुस बटन स्टार्ट, किलेस इन्ट्री जस्ता फिचर हुनेछ । यससँगै इन्स्ट्रयुमेन्ट क्लस्टरको डिजाइन परिवर्तन गरिएको छ । सेफ्टीको लागि स्विफ्टमा ६ वटा एयरब्याग, क्रुज कन्ट्रोल, सेफ्टी बेल्ट रिमाइन्डर, स्पिड अलर्ट, ब्याक क्यामेरा, रिभर्स पार्किङ सेन्सर, एबीएस, ईबीडी जस्ता फिचर हुनेछ ।

कारको डिजाइनमा खासै परिवर्तन नहुने भए पनि यसको डायमेन्सन भने अलि फरक हुनेछ । साथै, हेडलाइट र बम्परको डिजाइन परिवर्तन गरिएको छ । कारलाई स्पोर्टी लुक दिनका लागि ड्युअल कलर टोन पनि दिइएको छ ।

सम्बन्धित समाचारहरू

ब्याज नलाग्ने स्किममा सुजुकी मोटरसाइकल र स्कुटर

ब्याज नलाग्ने स्किममा सुजुकी मोटरसाइकल र स्कुटर

सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोवाइलले व्याज...

हाइब्रिड टेक्नोलोजीको साथमा नयाँ सुजुकी फ्रङ्क्स आउँदै, माइलेजमा पनि सुधार

हाइब्रिड टेक्नोलोजीको साथमा नयाँ सुजुकी फ्रङ्क्स आउँदै, माइलेजमा पनि सुधार

मारुती सुजुकीले चाँडै नै आफ्नो लोकप्रिय एसयूभी फ्रङ्क्समा हाइब्रिड...

१९ वर्षमा ३० लाख यूनिट बिक्री भयो मारुती सुजुकीको यो कार

१९ वर्षमा ३० लाख यूनिट बिक्री भयो मारुती सुजुकीको यो कार

मारुती सुजुकीको सर्बाधिक सफल कार स्विफ्टले ३० लाख बिक्रीको माइलस्टोन पार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...