२५ किलोमिटर भन्दा बढी माइलेज दिने नयाँ मारुती सुजुकी वागनआर लन्च
मारुती सुजुकीको सबैभन्दा धेरै बिक्री हुने कार मध्येको एक मारुती सुजुकी...
मारुतीको ह्याचब्याक कार निकै लोकप्रिय छ । कम्पनीले चाँडै नै ह्याचब्याक सेलेरियोको नयाँ मोडल लन्च गर्ने योजना बनाइरहेको छ । सो कार भारतीय सडकमा परीक्षणको समयमा देखिएको छ ।
मारुतीले सेलेरियो २०१४ मा लन्च गरेको थियो । नयाँ सेलेरियो बक्सी र लामो हुनेछ । जसलाई हार्टेक प्लेटफर्ममा तयार पारिएको छ, जुन मारुती वागनआर, स्विफ्ट र डिजायरमा प्रयोग गरिएको थियो । नयाँ सेलेरियोमा पुरानो मोडलको तुलनामा हेडलाइट सानो र स्लिक समावेश गरिएको छ । साथै बम्परलाई नयाँ रुप दिनको लागि सुजुकी लोगोको साथमा फ्रन्ट ग्रिलमा क्रो स्ट्रिप उपलब्ध रहेको छ ।
नयाँ सेलेरियोमा अल न्यु इन्टेरियर समावेश गर्नेछ । यसमा म्यानुअल एसी, चार्जिङ सकेट र स्टोरेज स्पेस जस्ता फिचर समावेश गरिएको छ । सो ह्याचब्याकको साथमा पावर विन्डो पनि उपलब्ध रहेको छ । जसमा स्मार्टप्ले टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ जसले एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्छ । सेफ्टीको लागि सो कारमा स्ट्यान्डर्ड एबीएस, डुअल एयरब्याग, पार्किङ सेन्सर उपलब्ध रहेको छ ।
हाल उपलब्ध सेलेरियोमा पेट्रोल इन्जिनको मात्र विकल्प रहेको छ । नयाँ सेलेरियोमा पनि पेट्रोल इन्जिनको मात्र विकल्प रहेको छ । सो कारमा १.० लिटर, तीन सिलिन्डर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन रहेको छ । जसले ६७ पीएसको पावर र ९० एनएमको टर्क जेनेरेट गर्छ । अनुमानित रिपोर्ट अनुसार सेलेरियोको टप भेरिएन्टमा १.२ लिटर पेट्रोल इन्जिनको साथमा पेश गर्नेछ । सो इन्जिन ८१ पीएस र ११३ एनएमको टर्क जेनेरेट गर्छ । सो दुई पेट्रोल इन्जिन ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी गियरबक्स विकल्पको साथमा उपलब्ध हुनेछ ।
मारुती सुजुकीको सबैभन्दा धेरै बिक्री हुने कार मध्येको एक मारुती सुजुकी...
नेपालको टु ह्विलर बजारमा २५० सीसी सेग्मेन्टका बाइकको बिक्री खासै...
मारुती सुजुकी भिटारा ब्रेजाले विश्वकै खतरनाक मध्ये एक मानिने भारतको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...