जापानमा सार्वजनिक भयो उत्कृष्ट फिचर सहित ६६० सीसीको नयाँ सुजुकी अल्टो

सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको छ । यो कार ६६० सीसी, माइल्ड हाइब्रिड पेट्रोल इन्जिनसहित बजारमा ल्याइनेछ । यसबाहेक कारमा एक्टिभ ड्राइभर असिस्ट पनि दिइएको छ ।

यो जापानमा पहिले देखि नै उपलब्ध अल्टो केई भन्दा फरक बक्सी डिजाइनमा रहेको छ । त्यसैगरी यो पहिले जस्तो स्लिक पनि छैन ।

जापानमा ल्याइएको सुजुकी अल्टो केई भारत वा नेपालमा उपलब्ध मारुती सुजुकी अल्टो भन्दा फरक छ । नाम बाहेक दुई कार बीच कुनै समानता छैन । जापानमा कम्पनीले ७ वर्षपछि यो कारको नयाँ जेनेरेसन मोडल उपलब्ध गराएको हो । कारको आठौंं पुस्ताको मोडल सन् २०१४ मा सार्वजनिक गरिएको थियो ।

सुजुकी अल्टो नेपाल र भारतमा निकै लोकप्रिय छ । नयाँ अल्टोमा धेरै परिवर्तन सहित उपलब्ध गराइने छ । मिडिया रिपोर्टका अनुसार नयाँ मोडेल हार्टटेक प्लेटफर्ममा आधारित हुनेछ जुन वागनआर र एस–प्रेसोमा पनि प्रयोग भएको थियो । कारमा ६६० सीसी नेचुरल एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ जसले ४९ बीएचपी पावर जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

आज र भोलि अटो एभमा सुजुकी दसैं सर्भिस क्याम्प

आज र भोलि अटो एभमा सुजुकी दसैं सर्भिस क्याम्प

काठमाडौं – मित्रपार्कस्थित सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभ...

११ दिनपछि लन्च हुँदै नेक्स्ट–जेन मारुती डिजायर, यस्तो छ विशेषता

११ दिनपछि लन्च हुँदै नेक्स्ट–जेन मारुती डिजायर, यस्तो छ विशेषता

मारुति सुजुकीले नोभेम्बर ११ मा भारतीय बजारमा नयाँ जेन डिजायर लन्च गर्ने...

मारुती सुजुकी वागनआर फेसलिफ्ट आउने, देखियो परीक्षणमा

मारुती सुजुकी वागनआर फेसलिफ्ट आउने, देखियो परीक्षणमा

मारुती सुजुकीले यस वर्ष आफ्नो लोकप्रिय ह्याचब्याक वागनआरको फेसलिफ्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...