के फास्ट चार्जरले ईभीको ब्याट्रीमा कुनै प्रभाव पार्छ ? परीक्षणले के देखायो ? जान्नुहोस्
इलेक्ट्रिक सवारी साधनको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ। कम सञ्चालन...
काठमाडौं–विद्युतीय सवारी साधन (ईभी) को ड्यासबोर्डमा देखिने ब्याट्रीको स्वास्थ्य सम्बन्धी जानकारी कत्तिको विश्वसनीय छ भन्ने उपभोक्ताको चासोलाई सम्बोधन गर्दै चीनले ब्याट्रीको क्षमता मापन र प्रदर्शनका लागि नयाँ राष्ट्रिय मापदण्ड सार्वजनिक गरेको छ ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय र मानक प्रशासन (एसएसी) को सहकार्यमा तयार पारिएको सो नयाँ सिफारिसयुक्त मापदण्डले ईभीको ब्याट्री क्षमता, यसको शुद्धता र टिकाउपन सम्बन्धी स्पष्ट सीमा तोकेको छ ।
नयाँ नियमअनुसार, गाडीको ड्यासबोर्डमा देखाइने ब्याट्रीको ‘अभलेबल इनर्जी’ (एसओसीई) र वास्तविक परीक्षणबाट प्राप्त परिणामबीचको फरक ५ प्रतिशतभन्दा बढी हुन पाउने छैन । यसअघि प्रयोग हुने ‘स्टेट अफ चार्ज’ (एसओसी) ले यात्राको क्रममा बाँकी रहेको ऊर्जा मात्र देखाउँथ्यो भने नयाँ तोकिएको एसओसीईले नयाँ गाडीको तुलनामा ब्याट्रीको दीर्घकालीन क्षमता कति घट्यो भन्ने स्पष्ट पारिदिनेछ ।
यसका साथै, गाडी रोकिराखेको अवस्थामा एसी वा अन्य इलेक्ट्रोनिक सामान चलाउँदा खपत हुने ब्याट्रीको गैर–ड्राइभिङ ऊर्जालाई अब भर्चुअल माइलेजका रूपमा गणना गरी ड्यासबोर्डमा देखाउनुपर्ने नियम बनाइएको छ, जसको शुद्धतामा ३ प्रतिशतभन्दा बढी फरक पर्न पाइने छैन ।
नयाँ मापदण्डले साना ईभीका लागि उमेर र गुडेको दूरीका आधारमा ब्याट्रीको न्यूनतम क्षमता पनि तोकेको छ । जसअनुसार ५ वर्ष वा १ लाख किलोमिटर गुडेको गाडीमा कम्तीमा ८२ प्रतिशत, ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुडेको गाडीमा ७५ प्रतिशत र १० वर्ष वा २ लाख किलोमिटर गुडेको गाडीमा कम्तीमा ७० प्रतिशत ब्याट्री क्षमता बाँकी हुनैपर्नेछ । उदाहरणका लागि, यदि १०० किलोवाट आवर क्षमताको ब्याट्री भएको गाडी ५ वर्ष र १ लाख किलोमिटर गुडिसकेको छ भने त्यसको ब्याट्री क्षमता कम्तीमा ८२ किलोवाट आवर बाँकी नै हुनुपर्छ ।
हाल यो मापदण्ड अनिवार्य सुरक्षा नियम नभई सिफारिस गरिएको राष्ट्रिय ढाँचा मात्र भएकाले मापदण्ड पूरा नगर्ने गाडी निर्मातालाई तत्काल कारबाही वा गाडी फिर्ता गराउने प्रावधान भने छैन । तर, यसले पुराना विद्युतीय गाडीको खरिद–बिक्री, ब्याट्रीको वारेन्टी दाबी तथा गाडीको वास्तविक मूल्य निर्धारणमा उपभोक्ता र कम्पनीहरूलाई पारदर्शी र सही तथ्याङ्क पाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...