ईभीमा कर नबढाउन र तत्काल युरो–६ मा नजान नेपाल चेम्बर अफ कमर्सको सुझाव
काठमाडौँ–नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय...
यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका बनाएर आयातमा कडाइ र व्यवस्थित गर्न लागेको छ । जसका लागि विभागले मापदण्डाको मस्यौदा समेत तयार पारिसकेको छ ।
सवारी आयातकर्ताहरूले निश्चित वर्षसम्म सर्भिस दिनुपर्ने, वर्कशप बनाउनु पर्ने, विद्युतीय सवारी बिक्री गरेपछि संख्याका आधारमा चार्जिङ स्टेसन राख्नुपर्ने लगायत बाध्यकारी व्यवस्था लागु गर्ने प्रस्ताव गरिएको छ ।
विद्युतिय सवारीमा प्रयोग हुने ब्याट्रीको आयु ७ वर्ष वा ३ हजार चार्जिङ साइकल हुनुपर्ने, ब्याट्रीले सुरक्षाको अन्तराष्ट्रिय मापदण्ड पुरा गरेको हुनुपर्ने र चार्जिङ प्रणाली नेपालको विद्युत ग्रिड र चार्जिङ स्टेसनसँग अनुकूल हुनुपर्ने भनिएको छ ।
चार पाङ्ग्रेको हकमा ३०० किलोमिटर र दुई वा तीन पाङ्ग्रेको हकमा १०० किलोमिर रेन्ज हुनुपर्ने प्रस्ताव गरिएको छ । यसैगरी, ५०० वटासम्म सवारी आयात हुँदा पाँचवटा डिसी फास्ट चार्जर र तीनवटा बिक्रीपछिको सेवा केन्द्र हुनुपर्ने उल्लेख गरिएको छ ।
एक हजार युनिटसम्म ईभी आयात गर्ने कम्पनीका लागि भने बिक्रीपछिको सेवा केन्द्र पाँचवटा र १० वटा डिसी फास्ट चार्जर राख्नुपर्नेछ । पाँच हजारसम्म गाडी आयात हुँदा १० वटा बिक्रीपछिको सेवा केन्द्र र २० वटा डीसी फास्ट चार्जर राख्नुपर्ने प्रस्ताव गरिएको छ ।
५ हजारभन्दा बढी ईभी आयात हुँदा व्यवसायिले १५ वटा सर्भिस सेन्टर र ५० वटा डिसी फास्ट चार्जर राख्नुपर्ने प्रस्ताव गरिएको छ । विभागद्धारा प्रस्ताव गरिएको यस मापदण्डमा टेक्निसियन र कर्मचारीको संख्या समेत किटान गरिएको छ ।
काठमाडौँ–नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय...
अमेरिकी इन्जिनियरहरूले विद्युतीय सवारी साधन चार्जिङ क्षेत्रमा ऐतिहासिक...
इलेक्ट्रिक टु ह्विलर ब्रान्ड इभियमले ३ नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...