अब ट्रायल पास भएको १० मिनेटमै लाइसेन्स
काठमाडौं – सवारी साधन अनुमतिपत्र (लाइसेन्स) अब छोटो समयमै वितरण गरिने...
काठमाडौं – कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ ।
लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । एक्कासि चाप बढ्न सक्ने भएकाले त्यसैअनुसारको तयारीसाथ खुला गर्न लागिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।
यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै हाल छपाइ कार्य नै बन्द गरेको छ । अत्यावश्यकबाहेक हाल छपाइ कार्य नभएको विभागले जनाएको छ ।
छपाइ गर्न बाँकी लाइसेन्सको काम तिहारपछि गरिने भएको छ । २०७२ सालमा स्मार्ट लाइसेन्स लागूू भएपछि प्रिन्ट गर्ने काम बाँकी रहँदै आएको हो । ग्लोबल टेन्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।
काठमाडौं – सवारी साधन अनुमतिपत्र (लाइसेन्स) अब छोटो समयमै वितरण गरिने...
काठमाडौं – सवारी साधनमा लाग्ने कर हाल विभिन्न प्रदेशमा फरक फरक भएकोमा अब...
काठमाडौं – यातायात व्यवस्था विभागले शीघ्र प्रिन्ट चाहने विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...