जेठ देखि नयाँ लाइसेन्सको आवेदन खुल्ने, नवीकरण गर्नेले समेत एक महिनामै पाउने

काठमाडौं – आगामी जेठ १ गते पश्चात सवारी लाइसेन्स सहज तरिकाले पाइने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यो जानकारी दिएका छन् ।

महानिर्देशक घिमिरेका अनुसार जेठ पछि लाइसेन्स नवीकरण गर्नेहरुले समेत एक महिनामै नयाँ लाइसेन्स पाउने छन् । त्यसपछि शुल्क तिर्नेहरुका लागि घरैमा लाइसेन्स डेलिभरी दिनका लागि समेत तयारी भइरहेको छ । उनका अनुसार सन् २०२१ को करिब २ लाख ८ हजार र सन् २०२२ लागे यताको करिब १ लाख लाइसेन्स छपाइको काम छ ।

हाल ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको छ । उनका अनुसार जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन पनि खुल्नेछ । जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने बताउँदै घिमिरेले त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए ।

हाल दैनिक ६ हजार जना मात्रै परीक्षामा सहभागी भइरहेको र अब क्षमता बढाएर १५ हजार बनाउने तथा ‘त्यसपछि एउटा नागरिकता नम्बर भएका व्यक्तिले एकपटक मात्रै अनलाइन आवेदन भनसक्ने बनाएर बिचौलिया समेत रोकिने उनको दाबी छ । उनका अनुसार ‘आवेदन प्रणालीमा देशभरका जुनसुकै यातायात कार्यालयमा १५ दिनभित्र उपलब्ध रिक्त सिट आवेदकले हेर्न पाउने र आफ्नो पायक पर्ने कार्यालयमा आवेदन दिएर तुरुन्तै अनलाइनबाट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिने छ ।

विभागले केही दिन पहिले देखि अर्को सूचना जारी नभए सम्मका लागि नयाँ लाइसेन्सको अनलाइन आवेदन नै बन्द गरेको छ ।

सम्बन्धित समाचारहरू

लाइसेन्स वितरणमा अनियमितता, हजारौ अबैध लाइसेन्स बाँडिएको खुलासा

लाइसेन्स वितरणमा अनियमितता, हजारौ अबैध लाइसेन्स बाँडिएको खुलासा

काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात...

लाइसेन्स छपाई पुनः सुचारु, मन्त्रीले गरे उद्घाटन

लाइसेन्स छपाई पुनः सुचारु, मन्त्रीले गरे उद्घाटन

काठमाडौँ–सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी चालक अनुमति...

यस्तो हुँदैछ :आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल

यस्तो हुँदैछ :आज बायोमेट्रिक, भोलि लिखित परीक्षा तथा पर्सी ट्रायल

काठमाडौं – तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ?...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...