बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
महिन्द्रा एन्ड महिन्द्राले यो वर्ष कैयौ अपडेट भेरिएन्ट कार लन्च गर्ने भएको छ । जसमा एक स्कोर्पियो २०२१ पनि समावेश रहेको छ । सो कार पहिलादेखि नै निकै लोकप्रिय रहदै आएको छ । नयाँ स्कोर्पियो परीक्षणको समयमा धेरै पटक सडकमा देखिएको छ ।
रिपोर्ट अनुसार परीक्षणमा देखा परेको नयाँ स्कोर्पियो कारमा लेटेस्ट सनरुफ फिचर समावेश गरिएको छ । साथै डुअल टोन ड्यासबोर्ड, इन्जिन स्टार्ट÷स्टप बटन, नयाँ इन्स्ट्रयुमेन्ट कन्सोल, मल्टी फंक्शन स्टेयरिङ ह्विल जस्ता फिचर रहेको छ । यद्यपि सो फिचर टप भेरिएन्टमा मात्र उपलब्ध हुनेछ ।
रिपोर्टका अनुसार सो एसयूभीको इन्टेरियरमा सिल्भर टचको साथमा भर्टिकल एयरकन भेन्ट्स समावेश गरिएको छ । जसलाई ड्यासबोर्डको दाँया तर्फ समावेश गरिएको छ । सो एसयूभी पहिलाको तुलनामा अलि ठूलो पनि रहेको छ ।
सो एसयूभीमा एक्सयूभी ५०० मा जस्तै २.२ लिटरको एमहक डिजेल इन्जिनको प्रयोग गरिएको छ । सो एसयूभीमा आउटपुटको लागि बुस्ट गरिएको छ । जसको कारण सो एसयूभी पहिलाको तुलनामा निकै पावरफुल हुनेछ । यसको साथै नयाँ स्कोर्पियो पेट्रोल भेरिएन्टमा पनि उपलब्ध रहेको छ । जसमा २.० लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...