व्यवसायीहरुमा उत्साह : बजेटले ल्यायो विद्युतीय सवारी साधनका लागि यस्ता प्याकेज

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा हिजो सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनका लागि विभिन्न व्यवस्था गरेको छ । गत वर्षको बजेट पश्चात निराश बनेका व्यवसायीहरु यो बजेट पश्चात भने उत्साहित बनेका छन् ।

यस अघि विद्युतीय सवारी साधन आयातमा अन्तशुल्क पनि लगाइएको थियो । तर, अहिले अन्तशुल्क पूर्ण रुपमा खारेज गरिएको छ भने भन्सार पनि भारी मात्रामा कटौति गरिएको छ ।

आर्थिक अध्यादेशले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाट सम्मका साधनमा १५, २०० देखि ३०० किलोवाट क्षमताको मोटर भएकामा ३० र ३०० किलोवाट भन्दा माथिका साधनमा ४० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ ।

सरकारले वातावरण संरक्षणका लागि विद्युतीय सवारीलाई प्रोेत्साहन गर्ने बताएको छ । पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी साधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गरिने छ ।

यसका लागि अललम्बन गरिनु पर्ने नीति, छुट तथा सुविधा र पूर्वाधार विकासका सम्बन्धमा सुझाव दिन विज्ञ सहितको कार्यदल बनाइने छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गरेमा ५ वर्ष सम्म सडक निर्माण तथा सम्भार दस्तुर र नवीकरण शुल्क छुट दिइने छ ।

यसअघि प्लगइन हाइब्रिड र हाइब्रिड गाडीलाई फरक दरमा अन्तःशुल्क लाग्ने व्यवस्था गरेको भएपनि अहिले दुबै गाडीमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ । हाइब्रिड गाडीमा यसअघि ६० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो ।

आगामी आर्थिक वर्षमा देशभर ५०० चार्जिङ स्टेशन निर्माण गर्ने, विश्वका ठूला विद्युतीय कार उत्पादकलाई नेपाल ल्याउन पहल गर्ने, सहायक उद्योग संचालन गर्नेलाई कर सहुलियत र निःशुल्क जमिन प्रदान गर्ने भनिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले आफूहरुको माग अनुसार नै बजेट आएको प्रतिक्रिया दिएका छन् । नाडाले विद्युतीय सवारी साधनमा पहिलेकै कर प्रणाली लागू गर्न सुझाव दिएको थियो ।

त्यसैगरी नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन (नेभा) ले पनि आर्थिक वर्ष २०७७/७८ को बजेट पूर्वकै व्यवस्था लागू गर्न सुझाव दिएको थियो । सरकारले सोही अनुसारको व्यवस्था कार्यान्वयनका लागि बजेट ल्याएको र आफूहरु यसबाट निकै उत्साहित भएको नेभाका अध्यक्ष नवराज पौडेलले बताए ।

सम्बन्धित समाचारहरू

प्योर इभीले ल्यायो विन्टर अफर, मोटरसाइकल र स्कुटरमा १५ हजारसम्म नगद छुट

प्योर इभीले ल्यायो विन्टर अफर, मोटरसाइकल र स्कुटरमा १५ हजारसम्म नगद छुट

प्योर इभीको नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले विन्टर अफर...

स्काइवर्थ सपना सा कार अफरअन्तर्गत दशैंँतिहारमा एमजी कोमेट ईभी सहित अन्य उपहार

स्काइवर्थ सपना सा कार अफरअन्तर्गत दशैंँतिहारमा एमजी कोमेट ईभी सहित अन्य उपहार

केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको...

ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा

ओमेगा सेक्कीका दुई इलेक्ट्रिक थ्री ह्विलर नेपालमा

काठमाडौं – ओमेगा सेक्की मोबिलिटी (ओएसएम) को आधिकारिक वितरकको रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...