नयाँ हन्टर ३५० बन्याे राेयल इन्फिल्डकाे नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यकाे बाइक, यस्ता छन् फिचर

काठमाडौं - नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले मोटरसाइकल हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ विशेषता र आकर्षक रङहरू सहितको हन्टर ३५० को सार्वजनिक गरिएको हो ।

कम्पनीले नयाँ हन्टर ३५० को दुई भेरिएन्टको मूल्य समेत घोषणा गरेको छ । जसअनुसार सिंगल टोन कलरको अनरोड मूल्य ४ लाख ९४ हजार ९०० रुपैयाँ र डुअल टोन कलरको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । योसँगै हन्टर ३५० रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल बनेको छ ।

के छन् नयाँ विशेषताहरू ?

कम्पनीका अनुसार यो मोटरसाइकललाई मेटियर ३५० कै उस्तै प्लेटफर्ममा निर्माण गरिएको हो । नयाँ जे-सिरिज अन्तर्गतको अत्याधुनिक इन्जिनमा तयार गरिएको हन्टर ३५० आधुनिक शैली र शहरी सवारी अनुभव चाहनेका लागि लक्षित गरिएको छ ।

यसपटकको हन्टर ३५० मा राइडरको अनुभव र सुरक्षालाई ध्यानमा राख्दै धेरै नयाँ विशेषताहरू थपिएका छन् । जसमा रातको समयमा स्पष्ट भिजिबिलिटीका लागि नयाँ एलईडी बत्ती, काठमाडौंको ट्राफिकमा क्लच परिवर्तन गर्न सहज बनाउने र हातलाई आराम दिने प्रविधि, डुअल च्यानल, अगाडि र पछाडि दुवै चक्कामा एबीएस प्रणाली, जसले भिजेको वा चिप्लो बाटोमा पनि सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ ।

यस्तै, पहिलेभन्दा परिष्कृत र आरामदायी यात्राका लागि सुधारिएको सस्पेन्सन रहेको कम्पनीले दाबी गरेको छ । नेपालको सडक अवस्थालाई सुहाउँदो र अफरोड यात्राका लागि पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

ट्रिपर न्याभिगेसन प्यानल जोड्न मिल्ने सुविधासहितको आधुनिक इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको समेत कम्पनीले बताएको छ । नयाँ हन्टर ३५० विश्वका चर्चित सहरहरूबाट प्रेरित चार नयाँ रङहरूमा उपलब्ध छ । टोकियो ब्ल्याक, लन्डन रेड, रियो ह्वाइट र ग्राफाइट ग्रेमा उपलब्ध रहेको जनाएको छ ।

कम्पनीका अनुसार हन्टरमा ३४९ सीसीको सिंगल-सिलिन्डर, फ्युल-इन्जेक्टेड, एसओएचसी एयर-एण्ड-अयल कुल्ड इन्जिन जडान गरिएको छ, जसले ६ हजार १०० आरपीएममा २०.२ हर्सपावर र ४० हजार आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ । पाँच गियर बक्ससहितको यो इन्जिनले सहरमा सहज सन्तुलन र खुल्ला सडकमा उत्साहजनक शक्ति दिने विशेषता राख्छ ।

अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले यो नयाँ उत्पादनले नेपाली बजारमा नयाँ कोशेढुंगा स्थापित गर्ने विश्वास व्यक्त गरे । रोयल इनफिल्डका सार्क क्षेत्रका बिजनेस हेड, मोहित बेनिवालले नेपाल रोयल इनफिल्डको लागि विशेष स्थान भएको बताए ।

उनले छोटो अवधिमै नेपालमा मध्य-सेग्मेन्टमा ८३ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएकोमा नेपाली ग्राहकहरूप्रति आभार प्रकट गरे । वीरगञ्जस्थित एसेम्बली प्लान्टबाट हालसम्म ३० हजार भन्दा बढी मोटरसाइकल उत्पादन भइसकेको र यसले नेपालमा रोयल इनफिल्डको प्रतिबद्धतालाई दर्साउने उनकाे भनाइ छ ।

त्यसैगरी त्रिवेणी ग्रुपका हर्ष सांघाईले अटोमोबाइल क्षेत्रमा कुनै अनुभव नहुँदा पनि रोयल इनफिल्ड जस्तो प्रतिष्ठित ब्रान्डको जिम्मेवारी पाएको बताए । मोटरसाइकल बुक गरेका ११ जना ग्राहकहरूलाई चाबी हस्तान्तरण गरिएको थियो ।

नयाँ लन्चले नेपाली बजारमा रोयल इनफिल्डको उपस्थितिलाई अझ बलियो बनाउने र विशेषगरी युवा राइडरहरूलाई आकर्षित गर्ने कम्पनीकाे दाबी छ ।

२०२३ जुनदेखि अल्फा अटोमोटिभले सीकेडी मोडेलमार्फत मोटरसाइकल एसेम्बलिङ गर्दै आएको छ । अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र थाइल्यान्डपछि नेपालको नाम रोयल इनफिल्डको पाँचौँ एसेम्बलिङ देशको रूपमा जोडिनु आफैंमा ठूलो उपलब्धि भएकाे कम्पनीले जनाएकाे छ ।

वीरगञ्जस्थित १ लाख वर्गफुटमा फैलिएको अत्याधुनिक एसेम्बलिङ प्लान्टबाट वार्षिक २० हजार मोटरसाइकल उत्पादन गर्ने क्षमता रहेको कम्पनीको दाबी छ।

सम्बन्धित समाचारहरू

यस्तो छ रोयल इन्फिल्डले हालै नेपाल ल्याएको नयाँ मोटरसाइकल ‘स्क्र्याम ४४०’, मूल्य कति ?

यस्तो छ रोयल इन्फिल्डले हालै नेपाल ल्याएको नयाँ मोटरसाइकल ‘स्क्र्याम ४४०’, मूल्य कति ?

काठमाडौं–रोयल इन्फिल्डले नेपालको मोटरसाइकल बजारमा आफ्नो बहुप्रतीक्षित...

राेयल इन्फिल्डकाे  लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला सुरू

राेयल इन्फिल्डकाे लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला सुरू

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलहरूमा लार्जेस्ट एक्सचेन्ज एण्ड...

रोयल इनफिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट राइड र बुकिङ सुरु

रोयल इनफिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट राइड र बुकिङ सुरु

पोखरा – रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...