काठमाडौंमा दिन प्रतिदिन चर्चित हुँदै गएको राइड सेयरिङ प्लेटफर्म अब बुटवललगायत विभिन्न सहरमा पनि सुरु भएको छ । गाडी एप नामक राइड सेयरिङ सेवा बुटवलमा आजै देखि शुरु हुने भएको हो ।
गाडी एपले बुटवलसँगै पोखरा, नारायणगढ, झापा र धरानमा पनि एकैचोटि यो सेवा सुरु गर्न लागेको हो । यात्रुलाई एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न सस्तो, सुरक्षित र भरपर्दो हुने तथा बेरोजगार युवा–युवतीको लागि थोरै लगानीमै आम्दानीको नयाँ बाटो समेत खोलिने भएकोले यो एप काठमाडौंमा जस्तै अन्य जिल्लामा समेत उत्तिकै लोकप्रिय हुने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
के हो राइड सेयरिङ प्लेटफर्म र कसरी काम गर्छ यसले ?
केही वर्ष अगाडि भारतले नेपालमा नाकाबन्दी गर्दा नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भएको थियो । त्यो बेला थोरै गाडीमात्र चल्ने तर धेरैलाई आफ्नो गन्तव्यमा पुग्नु पर्ने हुनाले यदि सवारी धनी र अर्कों व्यक्तिलाई एकै ठाउँमा जानु पर्ने भए एकले अर्कोलाई लिफÞ्ट दिने र सहयोग गर्ने चलन चल्यो । र, सोही समस्यालाई अवसरको रुपमा देख्दै काठमाडौंमा टुटल नामक एप सुरु भयो । त्यसले एउटै गन्तव्यमा जानुपर्ने दुई जनालाई आफ्नो मोबाइल एपमार्फत जोड्ने प्रयास ग¥यो र यो सफल पनि भयो । त्यसपछि पठाओलगायत अन्य राइड सेयरिङ एपहरु पनि बजारमा आए । नाकाबन्दी हटेपनि काठमाडौं जस्तो जाम हुने ठाउँमा यो एउटा उचित समाधान भएकोले गर्दा चर्चित हुन पुग्यो । पहिले केही हजारले चलाउने यो एप प्रयोग गर्नेहरु अहिले लाखौंको सङ्ख्यामा छन् र धेरैजना यसबाट लाभान्वित पनि भएका छन् । यो प्लेटफर्ममा आफ्नो बाइक, ट्याक्सी, अटो, स्कर्पियो लगायत सवारी साधन रजिस्टर गर्न मिल्छ ।
बाइक चलाएर यसरी कमाउन सकिन्छ पैसा
यो एप प्रयोग गर्नको लागि सर्वप्रथम प्लेस्टोरमा गएर गाडी पार्टनर्स भनेर सर्च गर्ने अथवा
https://play.google.com/store/apps/details?id=com.kctech.gaadiipartners लिंकमा क्लिक गरेर मोबाइल एप डाउनलोड गर्न सकिनेछ । त्यसपछि रजिस्टरमा गएर आफ्नो इमेल, नाम, मोबाइल नम्बर र पासवर्ड टाइप गर्नुपर्ने छ । त्यसपछि आफनो नागरिकता, लाइसेन्स र आफ्नो गाडीको ब्लुबुकको फोटो खिचेर अपलोड गर्नुपर्नेछ । गाडी अथवा बाइक जसको नाममा भएपनि हुन्छ । त्यसपछि त्यो अकाउन्टलाई गाडी एपको टिमले चेक गर्ने छन् । यदि सबै विवरण ठिक भए एकाउन्ट खुल्नेछ र त्यसलाई प्रयोग गर्न मिल्नेछ । एकाउन्ट एप्रुभ भएपछि गाडी एपलाई ईसेवा अथवा खल्ती एपमार्फत २ सय रुपैयाँ डिपोजिट गर्नुपर्ने हुन्छ ।
त्यो डिपोजिट गर्दा ५० रुपैयाँ थप बोनस सहित २५० रुपैयाँ गाडी पार्टनर्स एपको वालेटमा आउनेछ । अब तपाईंले जति पनि राइड लिनुहुन्छ र पैसा कमाउनुहुन्छ्, प्रत्येक राइडको भाडा जति उठ्छ, त्यसको ८ प्रतिशत त्यहि वालेट देखि कट्दै जानेछ जुन गाडी पार्टनर्स एपको सेवा–शुल्क समेत रहेको छ ।
ग्राहकले पनि यही तरिकाले मोबाइल एप डाउनलोड गरेर सेवा उपभोग गर्न सक्छन् । महिलाहरुका लागि समेत यो निकै नै सुरक्षित भएको बताइएको छ ।
बाइकको लागि पहिलो एक किलोमिटर सम्म ४० रुपैयाँ र त्यसपछि प्रति किमी १५ रुपैयाँ थपिदै जानेछ । अटोको लागि पहिलो १ किमी सम्म ३० रुपैयाँ र त्यसपछि प्रति किमी १५ रुपैयाँ थपिदै जानेछ । साथै ट्याक्सीको लागि पहिलो १ किमी सम्म ६० रुपैयाँ र त्यसपछि प्रति किमी ५० रुपैयाँ थपिदै जानेछ ।
हाल प्लेस्टोरमा उपलब्ध यो एप छिट्टै नै आईओएसमा समेत उपलब्ध हुने बताइएको छ ।