अब हायर पर्चेज कम्पनीले पनि ईभीका लागि ६० प्रतिशत मात्र कर्जा दिने, ईभी व्यवसायमा अर्को झड्का

काठमाडौं - विद्युतीय सवारी साधनमा लागू भएको लोन टु भ्यालु रेसियाेकाे नयाँ व्यवस्था अब हायर पर्चेज कम्पनीले समेत लागू गर्नु पर्ने भएको छ ।

नेपाल राष्ट् बैंक नियमन विभागले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (पाँचौँ संशोधन २०८२)’ जारी गर्दै धितो मूल्यांकनको सीमा घटाएको हो। 

संशोधित नीतिगत एवम् प्रक्रियागत व्यवस्थामा भनिएको छ, ‘सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा देहायबमोजिमको सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात (लोन टु भ्यालु रेसियो) अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ।’
यस्तो रेसियो सबै प्रयोजनका विद्युतीय सवारी साधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनको लागि लागू हुने राष्ट्र बैंकले प्रष्ट पारेको छ। 

हाल सम्म २० प्रतिशत डाउनपेमेन्टमै सवारी कर्जा दिइरहेका हायर पर्चेज कम्पनीहरुले अबदेखि ४० प्रतिशत दिनुपर्ने छ। 

गत फागुनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई हायर पर्चेज कर्जाको लोन टु भ्यालु रेसियो ६० प्रतिशतमा झारेको थियो ।

अहिले, फेरि हायर पर्चेज कम्पनीमा पनि सोही व्यवस्था लागू गरेको हो । राष्ट्र बैंकको नयाँ व्यवस्थाले ईभी बिक्रेतालाई प्रत्यक्ष असर पर्नेछ ।

सम्बन्धित समाचारहरू

नयाँ किया निरो इलेक्ट्रिक कारको टिजर सार्वजनिक, यस्तो देखियो तस्बिर

नयाँ किया निरो इलेक्ट्रिक कारको टिजर सार्वजनिक, यस्तो देखियो तस्बिर

सेकेन्ड जेनेरेसन इलेक्ट्रिक कार किया निरो क्रसओभरको टिजर सार्वजनिक भएको छ...

चखन्डोल सामुदायिक वनमा बीवाईडीले रोप्यो १५ सय विरुवा, वनको गौरवलाई पुनर्जीवन दिने अपेक्षा

चखन्डोल सामुदायिक वनमा बीवाईडीले रोप्यो १५ सय विरुवा, वनको गौरवलाई पुनर्जीवन दिने अपेक्षा

काठमाडौं – बीवाईडी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...

बीवाईडीले बालबालिकाको लागि ल्यायो इलेक्ट्रिक स्कुल बस, २२५ किमीसम्मको रेन्ज दिने

बीवाईडीले बालबालिकाको लागि ल्यायो इलेक्ट्रिक स्कुल बस, २२५ किमीसम्मको रेन्ज दिने

चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले अमेरिकाका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...