नयाँ मोडलको इलेक्ट्रिक स्कुटर ‘इपक’ भित्र्याउँदै याडिया नेपाल

काठमाडौं – नेपाली बजारमा याडियाका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको कुजु नेपाल प्रालिले नयाँ मोडल ‘इपक’ भित्र्याउने भएको छ । नेपाली बजारमा पहिले नै दुई मोडल जी६ र एम६ बिक्री–वितरण गरिरहेको कुजु नेपालले अब अर्को मोडल भित्र्याउने भएको हो ।

भन्सार प्रयोजनका लागि मूल्य सूची सार्वजनिक गरिए अनुसार सो इपक मोडलको मूल्य २ लाख ३५ हजार रुपैयाँ हुनेछ । ३ हजार वाट मोटर क्षमता भएको सो स्कुटरले सिंगल चार्जमा १५० किलोमिटर सम्म रेन्ज दिन्छ ।

१६ डिग्रीको उकालो चढ्न सक्ने र याडिया मोबाइल एप प्रयोग गरी विभिन्न फिचर प्रयोग गर्न सकिने सो स्कुटरको अन्य फिचर भने हाल सार्वजनिक गरिएको छैन ।

केही समय पश्चात सो स्कुटर नेपाली बजारमा उपलब्ध हुने र यसका अन्य फिचर समेत त्यही समयमा सार्वजनिक गर्ने कम्पनी स्रोतको भनाइ छ ।

हाल नेपाली बजारमा उपलब्ध याडिया जी६ र एम६ को मूल्य क्रमशः २ लाख ६० हजार र १ लाख ७५ हजार रुपैयाँ छ ।

चीनमा उत्पादन हुने युरोपेली स्ट्यान्डर्डका याडिया इलेक्ट्रिक स्कुटर विश्वका १०० भन्दा धेरै देशमा विक्री हुँदै आएका छन् भने विगत ७ वर्ष देखि लगातार धेरै बिक्री हुने इलेक्ट्रिक स्कुटर बिक्री गर्ने कम्पनी समेत भएको दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले...

लुयान नेपालको होली अफर, नगद छुट र एक्सेसरिज निशूल्क

लुयान नेपालको होली अफर, नगद छुट र एक्सेसरिज निशूल्क

काठमाडौं– लुयान नेपालले होलीको अवसरमा विशेष अफर सँचालन गरेको छ । सो अवसरमा...

वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

वैशाख महिनामा भित्रिए ५०४ विद्युतीय कार, १० महिनामा २ हजार ९५५

काठमाडौं – गत बैशाख महिनामा नेपालमा ५०४ विद्युतीय कार भित्रिएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...