यस्तो हुनेछ मारुती सुजुकी बलेनोको इन्टेरियर

केही दिन पहिला मारुती सुजुकी बलेनोको अपडेट भर्सन सार्वजनिक भएको थियो । सो कारको स्पाई फोटोको बारेमा सार्वजनिक गरिएको थियो । हाल मारुती सुजुकी बलेनोको इन्टेरियरको तस्बिर पनि सार्वजनिक गरिएको छ ।

कारको इन्टेरियर अनुसार नयाँ बलेनो रिडिजाइन्ड ड्यासबोर्डको साथमा आउने भएको छ । कारमा एसी भेन्ट्स समानान्तर भी–शेप प्याटनमा समावेश गरिएको छ । कारमा फ्रि स्ट्यान्डिङ इन्फोटेनमेन्ट स्क्रिन समावेश गरिएको छ । साथै स्मार्टप्ले स्टुडियो सिस्टम ८.० इन्चको रहेको छ । सो इन्फोटेन्टमेन्ट सिस्टम एपल कारप्ले र एन्ड्रोयड अटोको साथमा उपलब्ध हुनेछ ।

हाल बजारमा सो कार १.२ लिटर पेट्रोल इन्जिनको साथमा उपलब्ध रहेको छ । सो कारको इन्जिनमा केही परिवर्तन गरिएको छैन । कारको फुल हाइब्रिड भर्सनको बारेमा चर्चा चले तापनि यसको बारेमा केही सार्वजनिक भएको छैन । साथै कारको मेकानिकल परिवर्तनको बारेमा पनि जानकारी सार्वजनिक भएको छैन ।

कारको लुक हाल उपलब्ध मोडल जस्तै हुनेछ । इन्जिन र पावरको कुरा गर्ने हो भने बलेनोको हाल उपलब्ध मोडलमा जस्तै १.२ लिटर के–सिरिजको पेट्रोल इन्जिन र १.२ लिटर डुअलजेट पेट्रोल इन्जिनको साथमा सार्वजनिक हुनेछ । कारमा ग्रिल, फग ल्याम्पको साथमा इन्फोटेनमेन्ट सिस्टम सहित कैयौ स्ट्यान्डर्ड सेफ्टी फिचर हुनेछ ।

सम्बन्धित समाचारहरू

औपचारिक रुपमा बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

औपचारिक रुपमा बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा

काठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता...

मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

मारुती ई–भिटाराले सेफ्टी परीक्षणमा देखायो मजबुत प्रदर्शन, भारतमा ५ स्टार तर अष्ट्रेलियामा ४ स्टार

भारतमा निर्माण भएर विश्व बजारमा बिक्रीका लागि प्रस्तुत गरिएको सुजुकीको...

जापानमा सार्वजनिक भयो उत्कृष्ट फिचर सहित ६६० सीसीको नयाँ सुजुकी अल्टो

जापानमा सार्वजनिक भयो उत्कृष्ट फिचर सहित ६६० सीसीको नयाँ सुजुकी अल्टो

सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...