यस्तो हुनेछ मारुती सुजुकी बलेनोको इन्टेरियर

केही दिन पहिला मारुती सुजुकी बलेनोको अपडेट भर्सन सार्वजनिक भएको थियो । सो कारको स्पाई फोटोको बारेमा सार्वजनिक गरिएको थियो । हाल मारुती सुजुकी बलेनोको इन्टेरियरको तस्बिर पनि सार्वजनिक गरिएको छ ।

कारको इन्टेरियर अनुसार नयाँ बलेनो रिडिजाइन्ड ड्यासबोर्डको साथमा आउने भएको छ । कारमा एसी भेन्ट्स समानान्तर भी–शेप प्याटनमा समावेश गरिएको छ । कारमा फ्रि स्ट्यान्डिङ इन्फोटेनमेन्ट स्क्रिन समावेश गरिएको छ । साथै स्मार्टप्ले स्टुडियो सिस्टम ८.० इन्चको रहेको छ । सो इन्फोटेन्टमेन्ट सिस्टम एपल कारप्ले र एन्ड्रोयड अटोको साथमा उपलब्ध हुनेछ ।

हाल बजारमा सो कार १.२ लिटर पेट्रोल इन्जिनको साथमा उपलब्ध रहेको छ । सो कारको इन्जिनमा केही परिवर्तन गरिएको छैन । कारको फुल हाइब्रिड भर्सनको बारेमा चर्चा चले तापनि यसको बारेमा केही सार्वजनिक भएको छैन । साथै कारको मेकानिकल परिवर्तनको बारेमा पनि जानकारी सार्वजनिक भएको छैन ।

कारको लुक हाल उपलब्ध मोडल जस्तै हुनेछ । इन्जिन र पावरको कुरा गर्ने हो भने बलेनोको हाल उपलब्ध मोडलमा जस्तै १.२ लिटर के–सिरिजको पेट्रोल इन्जिन र १.२ लिटर डुअलजेट पेट्रोल इन्जिनको साथमा सार्वजनिक हुनेछ । कारमा ग्रिल, फग ल्याम्पको साथमा इन्फोटेनमेन्ट सिस्टम सहित कैयौ स्ट्यान्डर्ड सेफ्टी फिचर हुनेछ ।

सम्बन्धित समाचारहरू

१२ वर्षमा १० लाख युनिट बिक्री भयो मारुती सुजुकी इको, यस्तो छ विशेषता

१२ वर्षमा १० लाख युनिट बिक्री भयो मारुती सुजुकी इको, यस्तो छ विशेषता

भारतीय बजारमा सबैभन्दा बढी बिक्री हुने फेमिली एमपीभीको रुपमा परिचित...

सुजुकी बाइकको खरिदमा नगद छुट र सुन उपहार, यस्ता छन् अन्य सुविधा

सुजुकी बाइकको खरिदमा नगद छुट र सुन उपहार, यस्ता छन् अन्य सुविधा

काठमाडौं– सुजुकी मोटरसाइल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी...

२०२१ मा लन्च भए सर्बाधिक माइलेज दिने यी ५ कार, ३ वटा नेपाल आउन बाँकी

२०२१ मा लन्च भए सर्बाधिक माइलेज दिने यी ५ कार, ३ वटा नेपाल आउन बाँकी

सन् २०२१ मा भारतमा बिभिन्न अटो उत्पादक कम्पनीहरुले नयाँनयाँ मोडलका कारहरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...