नयाँ किया सेल्टोस २०२६ मा अपडेटेड डिजाइन र उन्नत सुविधासहित लन्च हुने

कियाले हाल दोस्रो पुस्ताको सेल्टोसमा काम गरिरहेको छ । रिपोर्टका अनुसार कम्पनीले २०२६ मा नयाँ मोडल लन्च गर्ने योजना बनाएको छ, जसमा केही कस्मेटिक परिवर्तन र आधुनिक सुविधा समावेश हुनेछ ।

​लिक भएको तस्बिर अनुसार नयाँ सेल्टोसको एक्टेरियर डिजाइनमा किया ईभी५  बाट प्रेरित टेललाइट देख्न सकिन्छ, जसले परम्परागत र आधुनिक शैलीको संयोजन प्रस्तुत गर्छ। यसमा पछाडिको बुटसम्म फैलेको लामो टेल लाइट हुनेछ । नयाँ मोडल अलि लामो हुने अपेक्षा गरिएको छ । साथै नयाँ अलोय ह्विल डिजाइनले एसयूभीलाई थप आकर्षक बनाउनेछ। दोस्रो पुस्ताको सेल्टोसमा अझ आरामदायी सिट तथा पुनःडिजाइन गरिएको रियर सिट हुनेछ ।

रिपोर्टका अनुसार नयाँ सेल्टोसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल ड्राइभर डिस्प्ले र ५ इन्चको क्लाइमेट कन्ट्रोल स्क्रिन समावेश हुनेछ।

यसमा प्यानोरामिक सनरुफ, वायरलेस स्मार्टफोन चार्जिङ, ड्युअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल र इलेक्ट्रिकल्ली एडजस्टेबल भेन्टिलेटेड फ्रन्ट सिट हुने सम्भावना छ। सो फिचरले नयाँ सेल्टोसलाई थप आरामदायी र प्रविधिमैत्री बनाउनेछ ।

सम्बन्धित समाचारहरू

कम्प्याक्ट सेगमेन्टमा कियाले लन्च गर्‍यो नयाँ किया साइरोस

कम्प्याक्ट सेगमेन्टमा कियाले लन्च गर्‍यो नयाँ किया साइरोस

किया साइरोस हालै भारतीय बजारमा लन्च भएको छ र यसको बुकिङ जनवरी ३, २०२५ देखि...

यस्तो छ कम बजेटको उत्कृष्ट कार किया सिरोस

यस्तो छ कम बजेटको उत्कृष्ट कार किया सिरोस

कार खरिद गर्ने सोचमा हुनुहुन्छ तर बजेटमा समस्या छ भने अब आत्तिनु पर्दैन ।...

यस्तो छ २५ भन्दा बढी सेफ्टी फिचर भएको नयाँ किया सोनेट

यस्तो छ २५ भन्दा बढी सेफ्टी फिचर भएको नयाँ किया सोनेट

कियाको लोकप्रिय सब–४ मिटर एसयूभी २०२४ सोनेट नयाँ अवतारमा लन्च गरिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...