नयाँ किया सेल्टोस २०२६ मा अपडेटेड डिजाइन र उन्नत सुविधासहित लन्च हुने

कियाले हाल दोस्रो पुस्ताको सेल्टोसमा काम गरिरहेको छ । रिपोर्टका अनुसार कम्पनीले २०२६ मा नयाँ मोडल लन्च गर्ने योजना बनाएको छ, जसमा केही कस्मेटिक परिवर्तन र आधुनिक सुविधा समावेश हुनेछ ।

​लिक भएको तस्बिर अनुसार नयाँ सेल्टोसको एक्टेरियर डिजाइनमा किया ईभी५  बाट प्रेरित टेललाइट देख्न सकिन्छ, जसले परम्परागत र आधुनिक शैलीको संयोजन प्रस्तुत गर्छ। यसमा पछाडिको बुटसम्म फैलेको लामो टेल लाइट हुनेछ । नयाँ मोडल अलि लामो हुने अपेक्षा गरिएको छ । साथै नयाँ अलोय ह्विल डिजाइनले एसयूभीलाई थप आकर्षक बनाउनेछ। दोस्रो पुस्ताको सेल्टोसमा अझ आरामदायी सिट तथा पुनःडिजाइन गरिएको रियर सिट हुनेछ ।

रिपोर्टका अनुसार नयाँ सेल्टोसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल ड्राइभर डिस्प्ले र ५ इन्चको क्लाइमेट कन्ट्रोल स्क्रिन समावेश हुनेछ।

यसमा प्यानोरामिक सनरुफ, वायरलेस स्मार्टफोन चार्जिङ, ड्युअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल र इलेक्ट्रिकल्ली एडजस्टेबल भेन्टिलेटेड फ्रन्ट सिट हुने सम्भावना छ। सो फिचरले नयाँ सेल्टोसलाई थप आरामदायी र प्रविधिमैत्री बनाउनेछ ।

सम्बन्धित समाचारहरू

हाईटेक फिचरसहित २०२५ किया कार्निभल भारतमा लन्च हुँदै

हाईटेक फिचरसहित २०२५ किया कार्निभल भारतमा लन्च हुँदै

किया कार्निभलको फेसलिफ्टेड संस्करण गत वर्ष विश्वव्यापी रूपमा प्रस्तुत...

किया एक्सचेन्ज कार्निभलको आज अन्तिम दिन, यस्तो छ स्किम

किया एक्सचेन्ज कार्निभलको आज अन्तिम दिन, यस्तो छ स्किम

काठमाडौं–पुराना गाडीसंग कियाको ब्रान्ड न्यू ईभी तथा पेट्रोलबाट चन्ले...

किया ईभी–९ बन्यो ‘वर्ल्ड कार अफ दि इयर–२०२४’

किया ईभी–९ बन्यो ‘वर्ल्ड कार अफ दि इयर–२०२४’

कियाको इलेक्ट्रिक कार ईभी–९ ले वर्ल्ड कार अफ दि इयर–२०२४ को अवार्ड पाएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...