नयाँ इन्टेलिगो प्रविधिको साथ लन्च भयो टीभीएस जुपिटर जेडएक्स, यस्तो छ मूल्य र माइलेज

टीभीएसको स्कुटर जुपिटर नयाँ भेरिएन्टमा लन्च गरिएको छ । नयाँ जुपिटर जेडएक्समा अपडेट फिचर र माइलेज उपलब्ध रहेको छ । यसको साथै नयाँ टीभीएस जुपिटरमा आकर्षक लुक र दमदार इन्जिन उपलब्ध रहेको छ ।

सो स्कुटीमा इन्टेलिगो प्रविधिको पनि प्रयोग गरिएको छ । कम्पनीले सो फिचर यो सेगमेन्टको स्कुटीमा पहिलो पटक प्रयोग गरिएको दावी गरेको छ ।

सो स्कुटरमा डिस्क ब्रेक र नयाँ आई टचस्टार्ट प्रविधिको प्रयोग गरिएको छ । कम्पनीले सो स्कुटीमा साइलेन्ट स्टार्ट फिचरको प्रयोग गरेको छ । सो स्कुटरले बढी माइलेज दिने पनि दावी गरेको छ ।

भारतमा लन्च भएको सो स्कुटीको मूल्य ७२ हजार ३४७ भारु तोकिएको छ । सो स्कुटर भारतमा सबैभन्दा बढि बिक्री हुने स्कुटर हो । यसमा ११० सीसीको इन्जिन समावेश गरिएको छ । जसले ७ बीएचपीमा ८ एनएमको टर्क जेनेरेट गर्छ ।

यसमा दुई वटा राइडिङ मोड इको र पावर मोड रहेको छ । सो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको डिस्क ब्रेक रहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...