धेरै नयाँ फिचर सहित नयाँ जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने

न्यु जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ र यसको कोडनेम क्यु२एक्सआई राखिएको छ । हुन्डाई भेन्यु एसयूभी सन् २०१९ मा लन्च भएदेखि नै लोकप्रिय छ ।

गत वर्ष हुन्डाईले भेन्यु फेसलिफ्ट मोडलको रूपमा पहिलो मिड–लाइफ अपडेट गरेको थियो । हुन्डाई भेन्युको नयाँ जेनेरेसन मोडल एकदमै नयाँ डिजाइनको हुनेछ । यसमा अपडेटेड ग्रिल र हेडल्याम्पसँग जोडिएको आक्रामक र स्पोर्टियर फ्रन्ट फेसिया प्याकेज हुनेछ ।

एसयूभीको रियरमा नयाँ एच–प्याटर्न टेल ल्याम्प र नयाँ रियर बम्पर सहित धेरै परिवर्तन पनि हुनेछ । नयाँ जेनेरेसन मोडलको इन्टेरियरमा पूर्ण रूपमा नयाँ ड्यासबोर्ड हुने अपेक्षा गरिएको छ । सो कम्प्याक्ट एसयूभीमा एड्भान्स डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, लेभल २ एडास, भेन्टिलेट फ्रन्ट सिट र प्यानोरामिक सनरुफ हुने सम्भावना छ ।

हुन्डाईको नयाँ एसयूभीको लम्बाइ ४ मिटर भन्दा कम हुनेछ । यद्यपि यो हालको मोडल भन्दा थोरै लामो हुनेछ । नयाँ जेनेरेसन हुन्डाई भेन्यु सम्भवतः हालको पावरट्रेन विकल्पमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने

हुन्डाईको अफर : १ करोड ५० लाख रुपैयाँसम्म पर्ने उपकरण ६० देखि ९० लाख रुपैयाँमै पाइने

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीहरूलाई...

२०३० सम्ममा २६ नयाँ मोडल ल्याउने हुन्डाईको तयारी, कुन–कुन आउँदै ?

२०३० सम्ममा २६ नयाँ मोडल ल्याउने हुन्डाईको तयारी, कुन–कुन आउँदै ?

काठमाडौं–हुन्डाईले २०३० सम्ममा भारतिय बजारका लागि २६ नयाँ मोडेलहरू...

हुन्डाईको सबैभन्दा सानो इलेक्ट्रिक एसयूभी ‘इन्स्टर’ सार्बजनिक, के छन् विशेषता ?

हुन्डाईको सबैभन्दा सानो इलेक्ट्रिक एसयूभी ‘इन्स्टर’ सार्बजनिक, के छन् विशेषता ?

हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्बजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...