हुन्डाई क्रेटा फेसलिफ्ट छिट्टै नेपाली बजारमा उपलब्ध हुने, सार्वजनिक भयो मूल्य
काठमाडौं – केही महिना पहिले भारतमा लन्च भएको हुन्डाई क्रेटा फेसलिफ्ट...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइल, न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ।
भेन्यु नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयुभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीको छ।
‘भेन्युको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ,’ कम्पनीले भनेको छ।
समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरूसहित तयार गरिएको हुन्डाई भेन्युले सबैको मन जित्नेमा कम्पनी विश्वस्त पनि भएको बताएको छ।
कम्पनीका अनुसार यो सेगमेन्टमै पहिलो पटक गाडीको पछिल्लो भागमा विस्तारित कनेक्टिङ एलइडी टेलल्याम्पले नयाँ भेन्युलाई विशिष्ट स्वरूप दिएको छ। त्यस्तै अघिल्लो भागमा रहेको पारामेट्रिक फ्रन्ट डार्क क्रोम ग्रिल, नयाँ बम्पर र स्किड प्लेट डिजाइनले यसलाई आधुनिक तथा स्पोर्टी लुक दिएको छ। यसमा रहेको डायमन्ड कट अलोय ह्वील, एलइडी प्रोजेक्टर ल्याम्प, पडल ल्याम्प, शार्क फिन एन्टेना रूफ रेलले बाहिरी भागलाई समय सान्दर्भिक बनाएको पनि कम्पनीको भनाइ छ।
नयाँ भेन्यु फराकिलो बनावट र टु टोन ब्ल्याक ग्रेज इन्टेरियरका कारण आरामदायी छ। यसमा फराकिलो बुट स्पेससहितको ६०ः४० स्प्लिट सिट, कप होल्डर सहितको रियर सेन्टर आर्मरेस्ट, दुई वटा रियर युएसबी चार्जर, टु स्टेप रियर रिक्लाइनिङ सिट, एर्गोनोमिकल्ली डिजाइन गरिएको सुविधाजनक चालक सिट, ८ इन्च इन्फोटेनमेन्ट स्टम, कुल्ड ग्लोभ बक्स,वायरलेस फोन चार्जर, डुअल टोन क्लाइमेट कन्ट्रोल एसी र स्मार्ट सनरूफ लगायतका सुविधा छन्।
यी विभिन्न सुविधाका कारण हुन्डाई भेन्युलाई एक उत्कृष्ट कम्प्याक्ट एसयुभीको रूपमा स्थापित गराउने कम्पनीको भनाइ छ ।
यसमा एम्बिएन्ट साउन्ड्स अफ नेचरका रूपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ। त्यस्तै डुअल एयरब्याग, रियर पार्किङ असिस्ट क्यामरा, अटोमेटिक हेडल्याम्प र हेडल्याम्प इस्कर्ट फङसन, कर्नरिङ ल्याम्प्स, टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोल लगायत थप सुरक्षा सुविधा पनि छन्।
१.२ लिटर पेट्रोल इन्जिन तथा १.० लिटर टर्बो इन्जिन भएको हुन्डाई भेन्यु ५ स्पीड म्यानुअल तथा ७ स्पीड डिसिटीमा उपलब्ध छ। १९५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो कम्प्याक्ट एसयुभीको पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण सबैले यसमा उत्साहजनक ड्राइभिङ अनुभव पाउने कम्पनीको भनाइ छ।
ई, एस र एसएक्स गरी तीनवटा भेरिएन्टमा उपलब्ध नयाँ हुन्डाई भेन्युको सुरूआती मूल्य ३९ लाख ९६ हजार रूपैयाँ तोकिएको छ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूमार्फत नेपालभरि सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ सेवा दिँदै आएको पनि जनाएको छ।
काठमाडौं – केही महिना पहिले भारतमा लन्च भएको हुन्डाई क्रेटा फेसलिफ्ट...
भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा हुन्डाई क्रेटा इलेक्ट्रिक लन्च गरिएको...
हुन्डाईले आई२० को नयाँ इन्ट्री लेभल भेरिएन्ट लन्च गरेको छ । कम्पनीले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...