विविध व्यवसायमा रमाएका नेपाली अटोमोबाइल व्यवसायी : छरिएको व्यवसाय, छरिएको ब्रान्ड
भारतीय स्वमित्वमा सञ्चालन हुँदै आइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजको...
काठमाडौं – नेपाली बजारमा हुन्डाईको नयाँ टुसान गाडी भित्रिएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिेन्टल प्रालिले यो गाडी नेपाली बजारमा उपलब्ध गराएको हो ।
केही दिन पहिले बुकिङ खुला गरिएको हुन्डाईको नयाँ जेनेरेसन टुसानको मूल्य केही दिन पहिले नै सार्वजनिक गरिएको थियो । २ हजार सीसी क्षमताको यो एसयूभी भिन्न ४ भेरिएन्टमा उपलब्ध हुनेछ । जसमध्ये तीनवटा भेरिएन्ट पेट्रोल र एउटा भेरिएन्ट डिजेल इन्जिनमा समेत उपलब्ध हुनेछ ।

यसको पेट्रोल इन्जिनमा उपलब्ध जीएलएस म्यानुअल ट्रान्समिसनको मूल्य नेपाली बजारमा ८९ लाख ९६ हजार रुपैयाँ पर्छ । त्यसैगरी सोही इन्जिनको जीएलएस अटोमेटिकको १ करोड ७ लाख ९६ हजार र जीएलक्स भेरिएन्टको १ करोड १४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । अर्को टुसान जीएलएक्स डिजेल इन्जिनको मूल्य १ करोड ३४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसको डिजाइन र फिचर पहिलेको टुसान भन्दा धेरै फरक छ ।गाडीमा फरवार्ड रिभर्स पार्किङ डिस्टेन्स वार्निङ, रियरक्रस ट्राफिक कोलिजन अभोइडेन्स, क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट कोलिजन, फरवार्ड कोलिजन अभोइडेन्स असिस्टेन्स, सिफ्ट बाई वायर असिस्टेन्स, स्मार्ट टेलगेट, सनरुफ, भेन्टिलेटेड एन्ड हिटेड फ्रन्ट सिट आदि फिचर उपलब्ध छन् ।
हाल भित्रिएका सबै गाडी पहिले नै बुकिङ भइसकेका र ती गाडीको डेलिभरी समेत दिइने कम्पनीले बताएको छ । केही दिन पछि यसको औपचारिक लन्चिङ गरिने लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।
भारतीय स्वमित्वमा सञ्चालन हुँदै आइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजको...
हुन्डाईले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी भेन्यूलाई एन–लाइन भर्सनमा...
हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो तेस्रो एन लाइन कार हुन्डाई क्रेटा एन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...