नयाँ हुन्डाई आई२० छिट्टै लन्च हुने, सार्वजनिक भयो टिजर

भारतमा हुन्डाईले नयाँ आई२० कार लन्च गर्ने योजना बनाएको छ । हालै कम्पनीले यसको पहिलो अफिसियल टिजर सार्वजनिक गरेको छ ।

नयाँ हुन्डाई आई२० को लागि डिलरहरुले प्रि–अर्डर लिन शुरु गरिसकेका छन् । यसका आधारमा अब सो गाडी पारखीहरुले धेरै दिन कुर्न पर्दैन भन्ने अनुमान लगाउन थालिएको छ । तिहार अगाडि नै यो कार बजारमा उपलब्ध हुने अनुमान गर्न थालिएको छ ।

नयाँ आई२० को डिजाइन हुन्डाईको नयाँ सेन्सुअस स्पोर्टिनेस डिजाइन थिममा आधारित छ । हालै सो डिजाइन हुन्डाई टुसान र इलान्ट्रामा देखिएको थियो । नयाँ कार पहिले भन्दा धेरै आकर्षक डिजाइन ल्यांग्वेजका साथ आउने बताइएको छ ।

नयाँ हुन्डाई आई२० मा विभिन्न सानदार फिचर उपलब्ध हुने छन् । यसमा १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्टका साथ फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथ उपलब्ध हुनेछ ।

त्यसैगरी एम्बिएन्ट लाइटिङ, वायरलेस स्मार्टफोन चार्जर, किलेस इन्ट्री, पुस बटन स्मार्ट र बोस प्रिमियम अडियो सिष्टम जस्ता फिचर सामेल छन् । यसका साथै कारमा भेन्टिलेटेड सिट, ६ एयरब्याग, रिभर्स क्यामेरा र अडियो कन्ट्रोल जस्ता विशेषता उपलब्ध छन् ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...