भोलि नेपाली बजारमा नयाँ जेनेरेसन हुन्डाई आई२० को भर्चुअल लन्च हुँदै

काठमाडौं – भोलि बिहीबार नेपाली बजारमा नयाँ जेनेरेसनको हुन्डाई आई२० सार्वजनिक गरिने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले फेसबुक लाइभमार्फत विहान ११ बजे भर्चुअल माध्यमबाट सो कार सार्वजनिक गर्ने जानकारी दिएको छ ।

भारतमा गत नोभेम्बर महिनामा सार्वजनिक गरिएको थर्ड जेनेरेशन आई २० पहिलेको भन्दा केही ठुलो, फराकिलो र सेग्मेन्ट फर्स्ट फिचर्सबाट सुसज्जित रहेको कम्पनीले बताएको छ । हाल यो १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

इन्डियन कार अफ द इयर २०२१ अवार्ड प्राप्त गर्न सफल नयाँ कारको डिजाइन पहिलेको तुलनामा निकै नै आकर्षक र स्पोर्टी तबरबाट गरिएको छ । फ्रेमरहित ग्रिल र सि पिल्लरयुक्त क्रोमका कारण यो पहिलेको तुलनामा थप स्पोर्टी र आकर्षक देखिएको छ । गाडीको पछिल्लो भागमा दिइएको जेड आकरको एलइडी टेल लाइट र पियानो ब्ल्याक कलरको विन्डस्क्रिनले नयाँ आई २० को लुक्समा निखरता दिएको छ ।

नयाँ आई २० को भित्री बनावट समेत निकै नै आकर्षक र स्पोर्टी रहेको छ । पहिलेको तुलनामा यसको इन्टेरियर पुरै परिबर्तन गरिएको छ ।

सेग्मेन्टकै सबैभन्दा लामो ह्विलबेस दिइएका कारण कारको क्याबिन समेत यो सेग्मेन्टका अन्य कारको तुलनामा फराकिलो छ । पछाडिको सिटमा बस्नेहरुका लागि आरामदायी यात्राको प्रत्याभूति गराउन पहिलेको तुलनामा झन्डै ४० एमएम बढी लेग स्पेस दिइएको छ । यो कारमा ५ जना यात्रुले आरामदायी यात्र गर्न सक्नेछन् ।

नयाँ कारमा पुरानो आई २० मा उपलब्ध गराइएको सेफ्टी फिचर्समा अपग्रेड गरिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले एक्सटरभन्दा सानो एसयूभी  लन्च गर्ने

हुन्डाईले एक्सटरभन्दा सानो एसयूभी लन्च गर्ने

हुन्डाईले भारतमा एक्सटर भन्दा सानो एसयूभी ल्याउने तयारी गरिरहेको छ । यसको...

हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ अफर, यस्ता छन् छुट र सुविधा

हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ अफर, यस्ता छन् छुट र सुविधा

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

सामाजिक उत्तरदायित्वको कार्य गर्दै लक्ष्मी ग्रुपले मनायो ४९औँ वार्षिकोत्सव

सामाजिक उत्तरदायित्वको कार्य गर्दै लक्ष्मी ग्रुपले मनायो ४९औँ वार्षिकोत्सव

लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...