बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हुन्डाई मोटर्सले नयाँ इलेक्ट्रिक कार ल्याउने तयारी गर्दैछ । सो कार कम्पनीको लो कस्ट मिनी एसयूभी कार हुनेछ । भारतमा सो कार २०२३ मा लन्च हुने सम्भावना रहेको छ । सो कारलाई कम्पनीले स्मार्ट ईभी प्रोजेक्टको रुपमा विकास गर्नेछ ।
सो कार १० लाख भारुको प्राइस ट्यागको साथमा लन्च गर्ने अनुमान गरिएको छ । यद्यपि कम्पनीले कारको मूल्यको बारेमा केही आधिकारिक जानकारी दिएको छैन ।
हुन्डाईको सो इलेक्ट्रिक कारले २०० किलोमिटरको रेन्ज दिने अनुमान गरिएको छ । सो कार पेट्रोल डिजेल इन्जिन र ह्याचब्याक तथा क्रसओभर कारको विकल्पको रुपमा ल्याइनेछ । सो कारको प्रयोग विशेषगरी शहरी क्षेत्रका लागि हुनेछ । कम्पनीको सो कार २०२२ मा हुने अटो एक्सपोमा प्रदर्शन गरिनेछ ।
हुन्डाईले इलेक्ट्रिक कारको नयाँ ब्रान्ड नेम ‘आयोनिक’ सार्वजनिक गरिसकेको छ । आयोनिक अन्तर्गत तीन वटा नयाँ इलेक्ट्रिक गाडी आयोनिक ५, आयोनिक ६ र आयोनिक ७ आगामी सन् २०२४ सम्म लन्च गर्ने योजना छ । सन् २०२५ सम्म हुन्डाई ग्रुपले १० लाख इलेक्ट्रिक गाडी बिक्री गर्ने र १० प्रतिशत विश्व बजार कब्जा गर्ने रणनीति समेत लिएको बताएको छ ।
कम्पनीले भारतमा नेक्सो फ्युल सेल इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने पक्का भएको छ । नयाँ हुन्डाई आई२० पनि लन्च हुने भएको छ । यसमा १०.२५ इन्च स्क्रिनको साथ फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एन्ड्रोयड अटो र एपल कारप्लेको साथमा १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एम्बिएन्ट लाइटिङ, वायरलेस स्मार्टफोन चार्जर, कि लेस इन्ट्रि, पुस बटन स्मार्ट र बोस प्रिमियम अडियो सिस्टम जस्ता फिचर रहेको छ । यसको साथै कारमा भेन्टिलेटेड सिट, ६ एयरब्याग, रिभर्स क्यामेरा र अडियो कन्ट्रोल जस्ता विशेषता पनि हुनेछ । कम्पनीले सो कार नोभेम्बरमा लन्च गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...