हाइलक्स ईभीलाई टोयोटाले अर्को वर्षदेखी थाइल्याण्डबाट उत्पादन सुरु गर्ने
हाइलक्स पिकअपको इलेक्ट्रिक भर्सन २०२५ को अन्त्य सम्ममा उत्पादनमा प्रवेश...
टोयोटाले भारतमा नयाँ मिड साइज एसयूभी हाइराइडर सार्वजनिक गरेको छ । पुरै हाइब्रिड मोडलको रुपमा सार्वजनिक गरिएको हाइराइडरको बुकिङ समेत खुला गरिएको छ । हाइब्रिड मोडल भएकैले यसको नाम पनि हाइराइडर राखिएको बताइएको छ ।
हाल टोयोटा र सुजुकीको सहकार्यमा सवारी साधन निर्माणको क्रम चलिरहेको छ । यो यसरी सहकार्यमार्फत उत्पादन गरिएको तेस्रो कार हो । टोयोटा हाइराइडरले किया सेल्टोस, स्कोडा कुशाक र हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्नेछ ।
टोयोटा हाइराइडरमा मारुतीको १.५ लिटर के१५सी पेट्रोल इन्जिनका साथ सुरुवाती भेरिएन्टमा माइल्ड हाइब्रिड र माथिल्लो भेरिएन्टमा मजबुत हाइब्रिड सिस्टम उपलब्ध हुनेछ । यसको माइल्ड हाइब्रिड भर्सनले १०३ बीएचपी पावर र १३७ एनएम टर्क तथा मजबुत हाइब्रिड सेटअपले ११६ बीएचपीको पावर दिन्छ ।
२०२२ टोयोटा अर्वन क्रुजर हाइराइडर एक सेल्फ चार्जिङ स्ट्रोङ हाइब्रिड इन्जिनयुक्त हुनेछ । त्यसैगरी यसमा नियो ड्राइभको रुपमा दोस्रो इन्जिन अप्सन हुनेछ ।
हाइब्रिड मोडलमा अल ह्विल ड्राइभ पावरट्रेन, प्यानोरामिक सनरुफ, हेड्स अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, ९ इन्चको स्मार्टप्ले कास्ट र ५५ भन्दा धेरै कनेक्टेड फिचर जस्ता सेगमेन्ट फर्स्ट फिचर हुनेछन् ।
यो गाडीको फ्रन्ट प्रोफाइललाई क्रोम गार्निसिङका साथ प्रिमियम लुक दिइएको छ । हेडल्याम्पका साथ स्ट्रिप्ड एलईडी डे टाइम रनिङ लाइट छ भने पियानो ब्ल्याक ग्रिलले हेडल्याम्पलाई जोड्छ । यसमा भएको ठूलो एयरड्यामले एसयूभीको बोल्डनेसलाई बढाएको छ ।
हाइलक्स पिकअपको इलेक्ट्रिक भर्सन २०२५ को अन्त्य सम्ममा उत्पादनमा प्रवेश...
२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...
टोयोटाले आफ्नो पोर्टफोलियोमा विद्युतीय सवारी साधनको संख्या बढाउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...