टोयोटाले सुजुकीसँगको सहकार्यमा ल्यायो नयाँ हाइब्रिड एसयूभी

टोयोटाले भारतमा नयाँ मिड साइज एसयूभी हाइराइडर सार्वजनिक गरेको छ । पुरै हाइब्रिड मोडलको रुपमा सार्वजनिक गरिएको हाइराइडरको बुकिङ समेत खुला गरिएको छ । हाइब्रिड मोडल भएकैले यसको नाम पनि हाइराइडर राखिएको बताइएको छ ।

हाल टोयोटा र सुजुकीको सहकार्यमा सवारी साधन निर्माणको क्रम चलिरहेको छ । यो यसरी सहकार्यमार्फत उत्पादन गरिएको तेस्रो कार हो । टोयोटा हाइराइडरले किया सेल्टोस, स्कोडा कुशाक र हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्नेछ ।

टोयोटा हाइराइडरमा मारुतीको १.५ लिटर के१५सी पेट्रोल इन्जिनका साथ सुरुवाती भेरिएन्टमा माइल्ड हाइब्रिड र माथिल्लो भेरिएन्टमा मजबुत हाइब्रिड सिस्टम उपलब्ध हुनेछ । यसको माइल्ड हाइब्रिड भर्सनले १०३ बीएचपी पावर र १३७ एनएम टर्क तथा मजबुत हाइब्रिड सेटअपले ११६ बीएचपीको पावर दिन्छ ।

२०२२ टोयोटा अर्वन क्रुजर हाइराइडर एक सेल्फ चार्जिङ स्ट्रोङ हाइब्रिड इन्जिनयुक्त हुनेछ । त्यसैगरी यसमा नियो ड्राइभको रुपमा दोस्रो इन्जिन अप्सन हुनेछ ।

हाइब्रिड मोडलमा अल ह्विल ड्राइभ पावरट्रेन, प्यानोरामिक सनरुफ, हेड्स अप डिस्प्ले, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, ९ इन्चको स्मार्टप्ले कास्ट र ५५ भन्दा धेरै कनेक्टेड फिचर जस्ता सेगमेन्ट फर्स्ट फिचर हुनेछन् ।

यो गाडीको फ्रन्ट प्रोफाइललाई क्रोम गार्निसिङका साथ प्रिमियम लुक दिइएको छ । हेडल्याम्पका साथ स्ट्रिप्ड एलईडी डे टाइम रनिङ लाइट छ भने पियानो ब्ल्याक ग्रिलले हेडल्याम्पलाई जोड्छ । यसमा भएको ठूलो एयरड्यामले एसयूभीको बोल्डनेसलाई बढाएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा थप ३ नयाँ प्लान्ट निर्माण गर्दै टोयोटा

भारतमा थप ३ नयाँ प्लान्ट निर्माण गर्दै टोयोटा

जापानी अटोमोबाइल कम्पनी टोयोटा मोटरले भारतमा आफ्नो उत्पादन क्षमता...

टोयोटा नेपालले ग-यो टेबल टेनिस खेलाडी नविता श्रेष्ठसँग सहकार्यको घोषणा

टोयोटा नेपालले ग-यो टेबल टेनिस खेलाडी नविता श्रेष्ठसँग सहकार्यको घोषणा

काठमाडौं – टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

टोयोटा नयाँ अफ–रोडिङ एसयूभी एफजे क्रुजर ल्याउने तयारीमा, तस्बिर लिक

टोयोटा नयाँ अफ–रोडिङ एसयूभी एफजे क्रुजर ल्याउने तयारीमा, तस्बिर लिक

टोयोटा मोटर्सले नयाँ अफरोड एसयूभीको विकासमा तिब्रता दिइरहेको पेटेन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...