नयाँ ग्रान्ड आई १० निओस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

हुन्डाईको लोकप्रिय ह्याचव्याक कार ग्रान्ड आई १० निओसको फेसलिफ्ट मोडल नेपाली बजारमा सार्वजनिक भएको छ । नयाँ ग्राण्ड आई १० निओस नेपाल आउन लागेको जानकारी दिँदै आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यसको चर भेरिएन्टको मूल्य यसअघि नै सार्वजनिक गरेको थियो ।

कम्पनीका अनुसार यसको एरा भेएिन्टको मूल्य २९ लाख ९६ हजार निर्धारण गरिएको छ भने अर्को भेरिएन्ट म्याग्नालाई ३५ लाख ५६ हजार रुपैयाँ पर्छ । यसैगरी म्याग्ना एएमटीको ३७ लाख ९६ हजार निर्धारण गरिएको छ भने टप भेरिएन्ट स्पोर्टजलाई ३७ लाख ५६ हजार पर्छ ।

यो नयाँ मोडलको फ्रन्टमा हुन्डाइले रिडिजाइन गरिएको ग्रिल दिएको छ । कारमा वाई आकारको एलइडी यूनिट पाउन सकिन्छ । कारको रियरमा रिडिजाइन गरिएको टेलगेट सहित नयाँ टेल लाइट दिइएको छ । यसको साइड प्रोफाइलमा भने कुनै परिवर्तन गरिएको छैन । कारको ग्राउन्ड क्लिरेयन्स १६५ एमएम रहेको छ ।

यो कारमा नयाँ इन्स्ट्रयूमेन्ट क्लस्टर, ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट डिस्प्ले, वायरलेस चार्जिङ, टाइप सी यूएसवी चार्जिङ पोर्ट, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन र टायर प्रेसर मोनिटरिङ लगायत अन्य थुप्रै फिचर पाउन सकिन्छ । कारको इन्टेरियरलाई डुअल टोन ग्रे कलरले सजाइएको छ भने सेमी फेव्रिक सिट, टिल्ट स्टेरिङ, कुल्ड ग्लोभ वक्स, फुटवेल लाइट लगायत आरामदायी फिचर दिइएको छ ।

कारमा ४ वटा वटा एयरव्याग, एविएस, इविडी, इएससी, रिभ्यू मिरर, अटोमेटिक हेडल्याम्प, भिएसएम, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, स्पिड अलर्ट, इम्प्याक्ट सेन्सिङ तथा स्पिड सेन्सिङ अटो डोर लक, इमर्जेन्सि स्टप सिग्नल लगायत सेफ्टि फिचर सामेल गरिएको छ । यो कारमा हुन्डाइले एड्भान्स हाई–स्ट्रेन्थ स्टिल प्रयोग गरेको छ ।

नयाँ आई १० निओसमा यसअघिकै १.२ लिटर पेट्रोल इन्जिनलाई निरन्तरता दिइएको छ । जसको अधिकतम पावर ८३ एचपी र टर्क ११३.८ एनएम रहको छ । यसमा ५ स्पिड म्यानुअल र एएमटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई स्यान्ट्रोः ७ लाख ७० हजार मूल्य अन्तर भएको एरा र आस्टा मोडलमा यस्तो छ भिन्नता

हुन्डाई स्यान्ट्रोः ७ लाख ७० हजार मूल्य अन्तर भएको एरा र आस्टा मोडलमा यस्तो छ भिन्नता

ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाइने मोडलमा पर्छ हुन्डाई स्यान्ट्रोे...

मारुती र टोयोटालाई चुनौती दिन हुन्डाईले तयार गर्दैछ हाइब्रिड कार

मारुती र टोयोटालाई चुनौती दिन हुन्डाईले तयार गर्दैछ हाइब्रिड कार

हुन्डाईले मारुती र टोयोटालाई हाइब्रिड कारमा कडा चुनौती दिने भएको छ ।...

कोरियामा पहिलो इभी डेडिकेटेड फ्याक्ट्री खोल्दै हुन्डाई

कोरियामा पहिलो इभी डेडिकेटेड फ्याक्ट्री खोल्दै हुन्डाई

हुन्डाइले कोरियामा आफ्नो पहिलो इभी डेडिकेटेड फ्याक्ट्री खोल्ने जनाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...