यी नयाँ फिचरले वनाएको छ भेन्यु फेसलिफ्टलाई थप आकर्षक र सुविधा सम्पन्न

लामो समयको प्रतिक्षासंगै हुन्डाईले अन्तत नेपाली बजारमा नयाँ भेन्यु लन्च गरेको छ । सव कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सफल मोडल सावित भइसकेको यो नयाँ एसयूभीमा कम्पनीले थुप्रै फिचर अपडेट गरेर ल्याएको हो ।

यो नयाँ मोडलको एक्सटेरियर र इन्टेरियर दुवै भागमा हुन्डाईले व्यापक परिमार्जन गरेको छ । यसको फ्रन्ट फेसियामा स्प्लिट हेडल्याम्प सेटअप, नयाँ डिजाइनको एलइडी डिआरएल र टर्न इन्डिकेटर पाउन सकिन्छ । यसैगरी पारामेट्रिक डार्क क्रोम ग्रिल, नयाँ वम्पर, नयाँ अलोय ह्विल र स्किड प्लेट डिजाइनले नयाँ भेन्युलाई थप स्पोर्टी देखाउन मद्धत गरेको छ ।

यसको क्याविन भित्र पनि प्रशस्तै अपग्रेड गरिएको छ । यो नयाँ एसयूभीमा पहिलोपटक पूर्ण डिजिटल इन्स्ट्रयूमेन्ट क्लस्टर दिइएको छ भने ड्राइभलाई थप रोमाञ्चक बनाउन स्पोर्टस, नर्मल र इको ड्राइभिङ मोड दिइएको छ । यसको ड्राइभर सिटलाई इलेक्ट्रोनिकल्लि एडजस्ट गर्न मिल्छ । साथै क्याविनको धेरै भागमा रिफ्रेस गरिएको छ ।

नयाँ भेन्यु फराकिलो बनावट र टु टोन ब्ल्याक ग्रेज इन्टेरियरका कारण आरामदायी छ । यसमा फराकिलो बुट स्पेस सहितको स्प्लिट सिट, कप होल्डर सहितको रियर सेन्टर आर्मरेस्ट, दुई वटा रियर युएसबी चार्जर, टु स्टेप रियर रिक्लाइनिङ सिट, एर्गोनोमिकल्ली डिजाइन गरिएको सुविधाजनक चालक सिट, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, कुल्ड ग्लोभ बक्स,वायरलेस फोन चार्जर, डुअल टोन क्लाइमेट कन्ट्रोल एसी र स्मार्ट सनरूफ लगायतका सुविधा छन् ।

यसमा अमेजन एलेक्सा र गुगल भ्वाइस एसिस्ट सहितको ‘होम टु कार कनेक्टिभिटी’ फिचर थप गरिएको छ । यसैगरी कन्ट्रोल सेलेक्ट कार फिचर, रिमोट क्लाइमेट कन्ट्रोल, रिमोट डोर लक र अनलक फिचर, रिमोट भेहिकल स्टाटस चेक, फाइन्ड माइ कार, टायर प्रेसर इन्फर्मेसन, फ्यूल लेभल इन्फर्मेसन, स्पीड अलर्ट, टाइम फेन्सीङ अलर्ट, आइडल टाइम अलर्ट जस्ता फिचर थप भएको छ ।

यसमा एम्बिएन्ट साउन्ड्स अफ नेचरका रूपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ । त्यस्तै ६ वटासम्म एयर व्याग, रियर पार्किङ असिस्ट क्यामरा, अटोमेटिक हेडल्याम्प र हेडल्याम्प इस्कर्ट फङसन, कर्नरिङ ल्याम्प्स, टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोल लगायत थप सेफ्टि फिचर पाउन सकिन्छ ।

१.० टर्वो पेट्रोल र १.४ डिजेल इन्जिन अप्सनमा समेत उपलब्ध भएपनि नेपाली बजारमा भने यसको १.२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन मात्र उपलब्ध गराइएको छ । जसको अधिकतम पावर ८३ पिएस र टर्क ११४ एनएम रहेको छ । यो नयाँ एसयूभी ई, एस र एसएक्स गरी कुल तीन भेरिएन्टमा नेपाल आएको हो । जसको मूल्य क्रमश ३९ लाख ९६ हजार, ४५ लाख ९६ हजार र ५५ लाख ९६ हजार निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले ल्यायो फेस्टिभ डिलाइट २०७८, गाडी किन्दा ३ लाख सम्म छुट, बम्परमा आई२० उपहार

हुन्डाईले ल्यायो फेस्टिभ डिलाइट २०७८, गाडी किन्दा ३ लाख सम्म छुट, बम्परमा आई२० उपहार

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितर लक्ष्मी...

प्रत्येक ५ मिनेटमा एउटा क्रेटा बिक्री !

प्रत्येक ५ मिनेटमा एउटा क्रेटा बिक्री !

हुन्डाई इण्डियाले क्रेटाको कुल बिक्री १० लाख युनिट नाघेको घोषणा गरेको छ ।...

मारुती सुजुकी यस मामिलामा हुन्डाईसँग पराजित

मारुती सुजुकी यस मामिलामा हुन्डाईसँग पराजित

हुन्डाई मोटर्स मारुती सुजुकी पछि भारतको दोस्रो ठुलो कार उत्पादक कम्पनी हो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...