अग्नि ग्रुपले ल्यायो नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड बीजी, दुई मोडल उपलब्ध

काठमाडौं – अग्नि ग्रुप अन्तर्गतको कम्पनी अग्नि मोटोइंक प्रालिले नाइमा मोबिलिटी एक्सपो २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड बिगस अर्थात बीजी ब्रान्डका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा यी स्कुटर सार्वजनिक गरिनुका साथै हाल प्रदर्शनमा रहेका छन् ।

अग्नि ग्रुपले बिगस (बीजी) का दुई मोडलहरू बीजी आरयूभी ३५० र बीजी सी १२ नेपाली बजारमा सार्वजनिक गरेको हो । सहरी तथा दैनिक यात्राका लागि उच्च पर्फमेन्स दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको विद्युतीय स्कुटरहरूको नयाँ विकल्प प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

बीजी आरयूभी दुई भेरिएन्ट आरयूभी ३५० आईईएक्स र आरयूभी म्याक्समा उपलब्ध छ । यसको मूल्य क्रमशः २ लाख ७९ हजार ४ सय र ३ लाख २५ हजार ३ सय रहेको छ । बीजी सी १२ पनि दुई भेरिएन्ट सी १२ आईईएक्स र सी १२ म्याक्स ३.० मा उपलब्ध छन् । यी मोडलको मूल्य क्रमशः २ लाख २८ हजार ४ सय र ३ लाख ४ हजार ९ सय रुपैयाँ छ ।

बीजी आरयूभी ३५० लाई कम्पनीले इलेक्ट्रिक स्कुटरहरुको ‘बिग ब्रदर’ भनेको छ । सहरका लागि उपयुक्त र भरपर्दो विद्युतीय सवारीको रूपमा ल्याइएको बीजी आरयूभी ३५० ले राइडर युटिलिटी भेइकलको रूपमा स्कुटर र बाइक दुवैको विशेषताहरूलाई समायोजन गर्दछ । १६ इन्चको ठूलो अलोय ह्विल्स, १६० एमएमको ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर चेसिस फ्रेम र फुल मेटल बडीसहित, यो स्कुटर मजबुती र स्टाइल दुवैमा अगाडि छ ।

१६५ एनएमको पिक टर्क, ७५ किलोमिटर प्रतिघण्टा टप स्पिड र १८ डिग्री ग्रेडेबिलिटी प्रदान गर्ने पीएमएसएम इन–ह्विल हाइपरड्राइभ मोटरको साथसाथै, क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड्स, आइपी ६७ रेटेड मोटर र ब्याट्रीजस्ता प्रविधिले यसलाई सुरक्षित र स्मार्ट बनाएको छ ।

बीजी सी१२ लाई कम्पनीले परिवारको लागि उत्कृष्ट स्मार्ट इलेक्ट्रिक स्कुटर भनेको छ । सहजता, सुरक्षा र स्टाइलको तालमेल प्रस्तुत गर्ने बीजी सी१२ ले दैनिक यात्रालाई आरामदायी बनाउने उद्देश्य राख्दछ । यसमा फराकिलो लेगरुम र सिट, साथै २३ लिटरको अन्डर–सिट स्टोरेज, १२.७ सेमी टीएफटी स्मार्ट डिस्प्ले, युएसबी चार्जिङ, राइडिङ मोड्स (इको, राइड, स्पोर्ट) र रिभर्स मोड स्विचजस्ता स्मार्ट सुविधाहरू उपलब्ध छन् । यसमा रहेको एयर–कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम, आइपी ६७ रेटेड लिथियम आयोन ब्याट्री सेल र ३ वर्षको ब्याट्री वारेन्टीले थप सुरक्षा र विश्वास सुनिश्चित गर्छ ।

विगत तीन दशक देखि अग्नि ग्रुपले नेपाली बजारमा गुणस्तरीय, नवप्रवर्तनशील र प्रविधिमैत्री सवारी साधनहरू ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिएको बताएको छ ।

बिगसले भारतको पुणेमा रहेको उत्पादन केन्द्रबाट वार्षिक एक लाख युनिट उत्पादन गर्न सक्ने क्षमता राख्छ । बिगसले अत्याधुनिक प्रविधिका सहज, स्टाइलिस र आरामदायी स्कुटरहरू उत्पादन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

महंगो डलर प्रभाव : हुन्डाई कोनाको बढ्यो मूल्य

महंगो डलर प्रभाव : हुन्डाई कोनाको बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको इलेक्ट्रिक कार हुन्डाई...

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर लन्च गर्दै क्लासिक ह्विल्स

नेपालमै सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर लन्च गर्दै क्लासिक ह्विल्स

काठमाडौं – नेपालमा हाल क्रसफायर र इटालिका मोटोका मोटरसाइकल बिक्री वितरण...

मलेसियाको नम्बर वान बीईभी अब इन्डोनेसियामा बन्यो टप १० बेस्ट सेलिङ कार, नेपाल भित्रिदै

मलेसियाको नम्बर वान बीईभी अब इन्डोनेसियामा बन्यो टप १० बेस्ट सेलिङ कार, नेपाल भित्रिदै

नेपाली बजारमा औपचारिक रुपमा भित्रिने तयारीमा रहेको बीवाईडी एम६ मलेसियामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...