यातायात कार्यालयको सर्भरमा समस्या आएपछि लाइसेन्स लिने प्रक्रिया रोकियो
काठमाडौं– यातायात व्यवस्था विभागले संचालन गर्दै आएको लाइसेन्सको सर्भरमा...
काठमाडौं – यातायात व्यवस्था विभागले आगामी जेठ ४ गतेदेखि १५ दिन भित्रै लाइसेन्सको ट्रायलको पालो आउने गरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ। यो भन्दा पहिले आवेदन दिएर बसेका सबैको पालो सकाएर नयाँ प्रणाली लागू गर्ने तयारी भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिएका छन् ।
जेठ १ गते देखि नै नयाँ व्यवस्था शुरु गर्ने तयारी भए पनि निर्वाचन र अन्य विविध कारणले विदा भएकाले जेठ ४ गतेबाट नयाँ व्यवस्था लागू गर्ने तयारी भएको उनको भनाइ छ ।
महानिर्देशक घिमिरेका अनुसार लाइसेन्सका लागि यसअघि परेका सबै आवेदनको लिखित र ट्रायल दुवै परीक्षा सकिन लागेको अवस्था छ।
गत चैतदेखि विभागले आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै आवेदन प्रणाली बन्द गरेको छ। विभागका अनुसार आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो। सबै आवेदकहरूको ट्रायल यही वैशाखभित्र सकिने विभागले बताएको छ।
अब नयाँ व्यवस्था अनुसार पहिले सीमित आवेदन लिने र उनीहरुको १५ दिनभित्रै ट्रायल सकाएर बल्ल नयाँ आवेदन लिइने विभागको योजना छ । यसले गर्दा लामो समय सम्म कुर्नु पर्ने अवस्था नहुने विभागको भनाइ छ ।
त्यसैगरी लाइसेन्स नवीकरण गर्नेले पनि तीन हप्ताभित्रै पाउन सक्ने बताइएको छ ।
काठमाडौं– यातायात व्यवस्था विभागले संचालन गर्दै आएको लाइसेन्सको सर्भरमा...
काठमाडौं – यातायात व्यवस्था कार्यालय एकान्तकुनाले नवीकरण र ट्रायल वाहेक...
काठमाडौँ – सवारी चालक अनुमतिपत्र १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...