बन्द भयो सवारी चालक अनलाइन आवेदन प्रणाली, खुल्ने अनिश्चित
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन...
काठमाडौं - यातायात व्यवस्था विभागले ५ महिनापछि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को नयाँ आवेदन लिने भएको छ । विभागले कोरोनाका कारण बन्द भएको आवेदन असोज दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने जनाएको छ ।
नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएसँगै विभागले गत वैशाख १६ देखि आवेदन सेवा बन्द गरेको थियो। असोज दोस्रो साताबाट नयाँ फारम भर्न सकिने विभागले जनाएको छ।
बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीको भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको विभागले जनाएको छ।
विभागले यसअघि नै नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ। पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनु नपर्ने व्यवस्था कार्यविधिमा छ।
लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तीर्ण हुने र प्रयोगात्मकमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ।
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन...
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी...
काठमाडौं – नागरिक एपमा नयाँ अपडेट गरिएसँगै प्रयोगकर्ताले आफ्नो ड्राइभिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...