काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरैले रुचाएको हुन्डाई क्रेटाको नयाँ फेसलिफ्ट भर्सन आइपुगेको छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा फेसलिफ्ट काठमाडौंको शोरुममा उपलब्ध गराएको छ ।

केही युनिट काठमाडौं भित्रिसकेका र अन्य केही युनिट काठमाडौं भित्रिने क्रम जारी रहेको कम्पनी स्रोतको भनाइ छ ।

भारतमा बिक्री प्रारम्भ भएको ६ महिना पश्चात नेपाली बजारमा नयाँ क्रेटा भित्रिएको हो । भारतमा ६ महिनाकै अवधिमा एक लाख युनिट बिक्रीको माइलस्टोन सो गाडीले हासिल गरेको छ । यसका आधारमा नेपाली बजारमा समेत यसले विशेष चर्चा पाउने अनुमान गर्न सकिन्छ ।

हुन्डाई क्रेटा फेसलिफ्ट विभिन्न ६ मोडलमा उपलब्ध हुने र यसको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ देखि प्रारम्भ हुने पहिले नै सार्वजनिक भइसकेको छ । यद्यपि कम्पनीले भन्सार प्रयोजनका लागि सो मूल्य सार्वजनिक गरेको हो ।

पहिलेको मोडल भन्दा नयाँ मोडलमा धेरै फिचर अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा ब्यापक परिमार्जन भएको छ । अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । विल्कुलै नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ ।

२०२४ हुन्डाई क्रेटाको अगाडिको ग्रिल अपडेट गरिएको छ, साथै डीआरएल र स्किड प्लेट पनि समावेश गरेको छ । सो एसयूभीको अलोय ह्विल, पछाडि स्ट्रेच्ड एलईडी लाइट र टेल लाइट पनि अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि र पछाडि टर्न इन्डिकेटर पनि जडान गरिएको छ ।

सेफ्टीका लागि सो एसयूभीमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल समावेश छ । इन्टेरियरमा इन्फोटेनमेन्ट सिस्टमका लागि इन्स्ट्रयुमेन्ट क्लस्टर र ट्विन १०.२५ इन्च स्क्रिनका साथै ड्युअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, मल्टी कलर एम्बियन्ट लाइटिङ, बोस साउन्ड सिस्टम, ब्लु लिंक कनेक्टेड कार टेक्नोलोजी पनि समावेश छ ।

सम्बन्धित समाचारहरू

यी नयाँ फिचरले वनाएको छ भेन्यु फेसलिफ्टलाई थप आकर्षक र सुविधा सम्पन्न

यी नयाँ फिचरले वनाएको छ भेन्यु फेसलिफ्टलाई थप आकर्षक र सुविधा सम्पन्न

लामो समयको प्रतिक्षासंगै हुन्डाईले अन्तत नेपाली बजारमा नयाँ भेन्यु लन्च...

निषेधाज्ञाबीच हुन्डाईले ल्यायो हटलाइन सेवा

निषेधाज्ञाबीच हुन्डाईले ल्यायो हटलाइन सेवा

काठमाडौं – हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी...

नेपाल भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट, मूल्य पहिले भन्दा ३ लाख बढी

नेपाल भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट, मूल्य पहिले भन्दा ३ लाख बढी

काठमाडौं – नेपाली बजारमा हुन्डाइको इलेक्ट्रिक कार कोना फेसलिफ्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...