काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरैले रुचाएको हुन्डाई क्रेटाको नयाँ फेसलिफ्ट भर्सन आइपुगेको छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा फेसलिफ्ट काठमाडौंको शोरुममा उपलब्ध गराएको छ ।

केही युनिट काठमाडौं भित्रिसकेका र अन्य केही युनिट काठमाडौं भित्रिने क्रम जारी रहेको कम्पनी स्रोतको भनाइ छ ।

भारतमा बिक्री प्रारम्भ भएको ६ महिना पश्चात नेपाली बजारमा नयाँ क्रेटा भित्रिएको हो । भारतमा ६ महिनाकै अवधिमा एक लाख युनिट बिक्रीको माइलस्टोन सो गाडीले हासिल गरेको छ । यसका आधारमा नेपाली बजारमा समेत यसले विशेष चर्चा पाउने अनुमान गर्न सकिन्छ ।

हुन्डाई क्रेटा फेसलिफ्ट विभिन्न ६ मोडलमा उपलब्ध हुने र यसको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ देखि प्रारम्भ हुने पहिले नै सार्वजनिक भइसकेको छ । यद्यपि कम्पनीले भन्सार प्रयोजनका लागि सो मूल्य सार्वजनिक गरेको हो ।

पहिलेको मोडल भन्दा नयाँ मोडलमा धेरै फिचर अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा ब्यापक परिमार्जन भएको छ । अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । विल्कुलै नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ ।

२०२४ हुन्डाई क्रेटाको अगाडिको ग्रिल अपडेट गरिएको छ, साथै डीआरएल र स्किड प्लेट पनि समावेश गरेको छ । सो एसयूभीको अलोय ह्विल, पछाडि स्ट्रेच्ड एलईडी लाइट र टेल लाइट पनि अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि र पछाडि टर्न इन्डिकेटर पनि जडान गरिएको छ ।

सेफ्टीका लागि सो एसयूभीमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल समावेश छ । इन्टेरियरमा इन्फोटेनमेन्ट सिस्टमका लागि इन्स्ट्रयुमेन्ट क्लस्टर र ट्विन १०.२५ इन्च स्क्रिनका साथै ड्युअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, मल्टी कलर एम्बियन्ट लाइटिङ, बोस साउन्ड सिस्टम, ब्लु लिंक कनेक्टेड कार टेक्नोलोजी पनि समावेश छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले एक्सटरभन्दा सानो एसयूभी  लन्च गर्ने

हुन्डाईले एक्सटरभन्दा सानो एसयूभी लन्च गर्ने

हुन्डाईले भारतमा एक्सटर भन्दा सानो एसयूभी ल्याउने तयारी गरिरहेको छ । यसको...

क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

आधिकारिक लन्च अगावै हुन्डाईले आफ्नो बहुप्रतिक्षित क्रेटा ईभीको बुकिङ...

हुन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ का विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण

हुन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ का विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण

काठमाडाैं – नेपालका लागि हुन्डाईकाे आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...