अटोपत्रकार संघ (जाम नेपाल) को नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ

काठमाडौं - नेपाल अटोपत्रकार संघ (जाम नेपाल) को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शुक्रबार र शनिबार भक्तपुरको नगरकोटमा सम्पन्न संघको चौथो साधारणसभा सहितको अधिवेशनले सुरेन्द्र पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पौडेल आर्थिक आवाज अनलाइन मिडियामा आवद्ध छन् । यसअघि उनी जामको उपाध्यक्ष रहेका थिए ।

यसैगरी जामको उपाध्यक्षमा तोयानाथ पौडेल चयन भएका छन् । अटोमोबाइल म्यागजिन र नेपाल अटो अनलाइनका सञ्चालक पौडेल यसअघिको कार्यसमितिको महासचिव रहेका थिए ।

यसैगरी संघको महासचिवमा प्रयास श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शिलापत्र अनलाइनमा आवद्ध श्रेष्ठ यसअघि कार्यसमितिको सचिव थिए ।

यसैगरी सचिवमा बसन्त अर्याल र कोषाध्यक्षमा हरिप्रसाद गजुरेल चयन भएका छन् । आर्याल नेपाली पैसा र गजुरेल मेरो अटो अनलाइन मिडियामा आवद्ध छन् ।

नयाँ कार्यसमिति सदस्यहरुमा सौरभ नेपाल (नेपाल ड्राइभ्स), अमृत चिमोरिया (रातोपाटी) र कमला भण्डारी (क्यापिटल नेपाल) सर्वसम्मत चयन भएका छन् ।

संघको संशोधित विधानअनुसार ११ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था बमोजिम निवर्तमान अध्यक्षसहित दुईजना सदस्य निर्वाचित कार्यसमितिले चयन गर्नेछ । निर्वाचित कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ ।

निवर्तमान अध्यक्ष सागर गजुरेलले नवनिर्मित कार्यसमितिलाई बधाईसहित नेतृत्व हस्तान्तरण गर्दै संघको प्रगति र आवद्ध सदस्यहरुको हक हित र क्षमता विकास गर्ने कार्यमा नयाँ नेतृत्वले अझ सशक्त ढंगले काम गर्ने विश्वास व्यक्त गरे । साथै आफू पनि संघको टिममै रहेकाले सबै खाले काम कारबाही र योजनामा सहभागी र सहकार्य निरन्तर गर्ने उनले प्रतिवद्धता जाहेर गरे ।

जामको संस्थापक एंव पूर्वअध्यक्ष उज्ज्वल जंग शाहले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै अटोमोबाइल क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता विकासमा संघले निरन्तर काम गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचारहरू

भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने

भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने

काठमाडौं – कुमारी बैंक लिमिटेड र गुर्जुधारा काठमाडौंस्थित भेइकल एकेडेमी...

बिग्रिएको गाडी सडकबाटै उठाउने कि नयाँ गाडी भित्र्याउने ?

बिग्रिएको गाडी सडकबाटै उठाउने कि नयाँ गाडी भित्र्याउने ?

चलिरहेको राम्रो कन्डिसनको गाडी अचानक सडकमै बिग्रियो भने के होला ? यो भन्दा...

कार बन्नु अघि नै ड्राइभिङ अनुभव थाहा दिने संसारकै अत्याधुनिक सिम्युलेटर सार्वजनिक

कार बन्नु अघि नै ड्राइभिङ अनुभव थाहा दिने संसारकै अत्याधुनिक सिम्युलेटर सार्वजनिक

अस्ट्रियाको ग्राज युनिभर्सिटी अफ टेक्नोलोजी र विश्वप्रसिद्ध मोबिलिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...