भारतीय प्रधानमन्त्री मोदीको नयाँ कार : १२ करोड भारुको मर्सिडिज मेब्याक एस ६५० गार्ड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालै दिल्लीको हैदरावाद हाउसमा नयाँ मर्सिडिज मेब्याक एस ६५० गार्डमा देखिएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्न उनी नयाँ कारमा देखिएका थिए । नयाँ मर्सिडिज मेब्याक ६५० लाई प्रधानमन्त्रीको नयाँ कारको रूपमा नाम दिइएको छ । मेब्याक एस ६५० गार्डमा प्रधानमन्त्रीको सुरक्षाका लागि बीआर१० लेवलको सुरक्षा फिचर समावेश गरिएको छ ।

मर्सिडिज मेब्याक एस ६५० संसारको सबैभन्दा सुरक्षित कार मध्ये एक हो । यो कारले एके–४७ राइफलको आक्रमणलाई पनि सामना गर्न सक्छ । साथै यो कारले १५ किलो टीएनटीको विस्फोटलाई पनि सहन सक्ने क्षमता रहेको छ । यसलाई बुलेटप्रुफ बनाउन यसको झ्यालमा पोली कार्बोनेट लेप लगाइएको छ ।

कारलाई बाहिरबाट मात्र नभई भित्रबाट पनि बुलेटप्रुफ गरिएको छ जसले गर्दा कुनै क्षति हुने सम्भावना छैन । विषाक्त ग्याँसको आक्रमणबाट बच्न कारको क्याबिनमा छुट्टै भेन्टिलेसन सिस्टमको व्यवस्था गरिएको छ ।

सो कारमा ६.० लिटर ट्वीन–टर्बो भी१२ इन्जिन दिइएको छ जसले ५१६ बीएचपीको पावर र ९०० एनएमको टर्क जेनेरेट गर्छ । कारमा विशेष रन फ्ल्याट टायरहरू पनि जडान गरिएको छ । जसले क्षति वा पन्चरको अवस्थामा पनि काम गर्छ ।

सो लक्जरी कारमा यात्रुको सुविधाको पनि ख्याल गरिएको छ । कारमा अटोमेटिक मसाज सिट जडान गरिएको छ । सिटहरू अगाडि पछाडि सारेर लेगरुमलाई आराम गर्न सकिन्छ ।

नयाँ कारको लागि विशेष सुरक्षा एक स्पेसन प्रोटेक्सन समूह वा एसपीजीद्वारा गरिन्छ । एसपीजीले सुरक्षा आवश्यकताहरू पहिचान गर्छ र त्यसपछि प्रधानमन्त्रीलाई नयाँ गाडी चाहिन्छ वा छैन भन्ने निर्णय गर्छ । एसपीजीले दुई समान कारलाई अर्डर दिन्छ । प्रत्येक गाडीको मूल्य करिब १२ करोड भारु पर्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राजनीतिक यात्रामा धेरै बुलेटप्रुफ गाडीको प्रयोग गरेका छन् । गुजरातको मुख्यमन्त्री हुँदा मोदीले बुलेटप्रुफ महिन्द्राको स्कोर्पियो प्रयोग गर्थे । त्यसपछि उनले आधिकारिक वाहनको रुपमा ल्यान्डरोभर रेन्जरोभर भोग र टोयोटा ल्यान्डक्रुजर समेत प्रयोग गरेका छन् ।

सम्बन्धित समाचारहरू

टोयोटाको भारतमा एक दशक यताकै सर्वाधिक विक्री रेकर्ड

टोयोटाको भारतमा एक दशक यताकै सर्वाधिक विक्री रेकर्ड

सन् २०२२ मा टोयोटाले भारतमा एक दशक यताकै सर्बाधिक गाडी विक्री गरेको छ । यो...

साङयोङको नयाँ मुसो ग्रान्ड पिकअप नेपाल आउने, ८५ लाख रुपैयाँमा खुल्यो बुकिङ

साङयोङको नयाँ मुसो ग्रान्ड पिकअप नेपाल आउने, ८५ लाख रुपैयाँमा खुल्यो बुकिङ

कोरियन अटो निर्माता साङयोङको ‘अल न्यू’ मुसो ग्रान्ड पिकअप नेपाल आउने भएको...

नाइमा एक्सपाेकाे सबैभन्दा महंगो गाडी टोयोटाको ल्यान्डक्रुजर २५०, यस्ता छन् फिचर

नाइमा एक्सपाेकाे सबैभन्दा महंगो गाडी टोयोटाको ल्यान्डक्रुजर २५०, यस्ता छन् फिचर

काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...