नयाँ ब्रान्डको ईभी भ्यान नेपाल भित्रिदै, केही दिनमै बिक्री प्रारम्भ हुने (मूल्य सूची सहित)

काठमाडौं – नेपाली बजारमा केही समय देखि उपलब्ध गोल्डेन ड्रयागनका विद्युतीय भ्यानहरु अब थप मोडलमा उपलब्ध हुने भएका छन् । नेपाली बजारका लागि आधिकारिक वितरकको रुपमा आर्क्स ग्रुपले गोल्डेन ड्रयागनका विद्युतीय माइक्रोबस बिक्री–वितरणका लागि उपलब्ध गराउने छ ।

पहिले नै घोषणा गरिएको १४ सिटे माइक्रोबसको मूल्य ५७ लाख रुपैयाँ तोकेको छ । गोल्डेन ड्रयागनका १५ सिटर र १६ सिटर माइक्रोबस समेत उपलब्ध हुनेछन् । यी माइक्रोबसको मूल्य ५५ लाख र ६२ लाख रुपैयाँ हुनेछ ।

त्यसैगरी आर्क्स ग्रुपले जुबाओ ब्रान्डका माइक्रोबस समेत बिक्रीका लागि उपलब्ध गराउने भएको छ । ११ सिटर र १४ सिटर यी माइक्रोबसको मूल्य क्रमशः ४५ लाख ५० हजार र ४९ लाख ५० हजार रुपैयाँ हुनेछ ।

यी भ्यानहरु लामो दुरी र छोटो दुरीका विभिन्न यातायात संचालक, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यवहारिक हुने विश्वास गरिएको छ ।

गोल्डन ड्रयागनको १४ सिटे माइक्रोबस पहिले नै नेपाली बजारमा उपलब्ध भए पनि अन्य मोडल र जुबाओ ब्रान्ड भने नेपाली बजारका लागि नयाँ हुनेछन् । केही समय भित्रै यी ईभी नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।

आर्क्स ग्रुपले नेपाली बजारमा हाइगर बस, हाइलोङ ईभी भ्यान लगायतका अन्य विभिन्न ब्रान्डको समेत कारोबार गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...