सुजुकी फ्रोङ्क्स र जिम्नी नेपाल आउने : खुल्यो बुकिङ, साउन ८ गते मूल्य सार्वजनिक हुने
काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले दुई...
मारुती सुजुकीको इन्ट्रि लेवल ह्याचव्याक अल्टो के१० नेपाल आउने प्रतिक्षामा रहेको कार हो । यो नयाँ कारलाई सुजुकीले भारतमा ४ महिनाअघि लन्च गरेको थियो । प्राय सुजुकीका कारहरु भारतमा लन्च भएलगत्तै नेपाल आउने गरेकोमा नेपाल सरकारले लगाएको आयतमाथीको प्रतिवन्धका कारण यो नयाँ कार भने आउन सकिरहेको थिएन ।
हाल सो प्रतिवन्ध हटिसकेका कारण सुजुकीको यो सानो र सस्तो कार अवको केही समयपछि नेपाल आउने संभावना देखिएको छ । नेपालका लागी आधिकारिक वितरक सिजी मोटो कर्पले यो सहित नयाँ व्रेजा, वलेनो फेसलिफ्ट र ग्रान्ड भिटरालाई समेत नेपाल ल्याउने तयारी थालिसकेको छ । संभवत पुषको अन्तिमसम्म यी कार नेपाल आउनेछन् ।
भारतमा बिएस६ मापदण्डलाई अनिबार्य गरिएपछि विचको केही वर्ष उत्पादन हुन नसकेको यो कारलाई मारुती सुजुकीले विल्कुलै नयाँ डिजाइन र सुविधासम्पन्न फिचर्स थप गरेर बिएस६ इन्जिनमा उतारेको हो । तेस्रो जेनेरेशनको यो कारको मूल्य भारतमा ४ लाखबाट शुरु हुन्छ । जुन नेपाल आउँदा २० लाखमाथि पर्ने आँकलन गरिएको छ ।
यो नयाँ कारको सवैभन्दा आकर्षक पक्ष भनेको यसको नयाँ सेलेरियोबाट प्रेरित लुक्स तथा डिजाइन नै हो । यसबाहेक यसमा नयाँ डिजाइनको हेडलाइट र टेललाइट दिइएको छ । ३५३० एमएम लम्वाई, १४९० एमएम चौडाई, १५२० एमएम उचाई र २३८० एमएम ह्विलवेश भएको यो कार हालको अल्टो ८०० भन्दा केही ठूलो देखिन्छ । यो ह्याचव्याक कारमा १।० लिटर, के१० ड्युअलजेट पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ६७ बीएचपी पावर र ८९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी गियरबक्सको अप्सन दिइएको छ ।
अल्टो के१० मा ७ इन्चको स्माट प्ले स्टुडियो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल स्पिडोमिटर डिस्प्ले, इन्स्ट्रयुमेन्ट प्यानलमा फ्रन्ट पावर विन्डो स्विच, रिमोट किलेस इन्ट्री र स्टेयरिङ माउन्टेड अडियो तथा भ्वाइस कन्ट्रोल जस्ता आधुनिक फिचर उपलब्ध छ । साथै एप्पल कारप्ले, एन्ड्रोइड अटो र स्मार्टफोन नेभिगेसनका साथ अन्य स्मार्टप्ले स्टुडियो एपको साथमा स्मार्टफोन कनेक्टिभिटी समेत समावेश छ ।
सुरक्षाका लागि यसमा अगाडी २ वटा एयरब्याग, ईबीडीको साथमा एन्टी–लक ब्रेकिङ सिस्टम, प्रि–टेन्सन र फोर्स लिमिटर, फ्रन्ट सिट बेल्ट, रिभर्स पार्किङ सेन्सर उपलब्ध छ । साथै स्पिड सेन्सिङ अटो डोर लक र हाई स्पिड अलर्ट सिस्टम जस्ता फिचर दिइएको छ ।
काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले दुई...
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...
काठमाडौँ – भारतमा लगातार १० वर्षदेखि बिक्रीको आधारमा नम्बर १ पोजिसनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...