सुजुकीले परीक्षण गर्दै नयाँ सानो इलेक्ट्रिक कार स्काई भिजन, अर्को वर्ष लन्च हुने सम्भावना
सुजुकीले इलेक्ट्रिक सेगमेन्टमा सानो नयाँ मोडल स्काई भिजन विकास गरिरहेको...
मारुती सुजुकीले सब ४ मिटर कम्प्याक्ट एसयूभी ब्रेजालाई भारतीय बजारमा लन्च गरेको छ। कम्पनीले यसपटक गाडीको बाहिरी डिजाइन र भित्री सजावटका साथै नयाँ टर्बो पेट्रोल इन्जिन, नयाँ ६ स्पिड म्यानुअल गियरबक्स तथा सेगमेन्टमै पहिलोपटक नयाँ फिचर पनि थपेको छ।
नयाँ ब्रेजाको समग्र बडी प्रोफाइल पुरानो मोडलकै जस्तै राखिएको छ । यद्यपि यसको फ्रन्टमा नयाँ डिजाइनको ग्रिल, परिमार्जित स्किड प्लेट र आकर्षक बम्पर दिइएको छ। यसको एल आकारको डे–टाइम रनिङ लाइटसहितको एलईडी प्रोजेक्टर हेडल्याम्पलाई यथावत् राखिएको भए पनि फग ल्याम्पलाई नयाँ डिजाइनमा राखिएको छ। साइड प्रोफाइलमा नयाँ ड्युअल टोन बडी क्ल्याडिङ र नयाँ शैलीका १६ इन्चका अलोय ह्विल समावेश गरिएको छ ।
यसमा नयाँ १०.१ इन्चको स्मार्टप्ले प्रो एक्स टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गराइएको छ । चालक र अगाडिको यात्रुका लागि भेन्टिलेटेड सिट, ६४ रङको एम्बियन्ट लाइटिङ, कुलिङ वायलेस स्मार्टफोन चार्जर, इन–बिल्ट एयर प्युरिफायर, ३६० डिग्री एचडी क्यामेरा, इलेक्ट्रिक सनरुफ, हेड–अप डिस्प्ले र अर्कामिस साउन्ड सिस्टम जस्ता फिचर समावेश गरिएको छ ।
सेफ्टीका लागि गाडीमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ईएससी, टायर प्रेशर मनिटरिङ सिस्टम, ब्लाइन्ड स्पट वार्निङ, रियर क्रस ट्राफिक अलर्ट, सेफ एग्जिट वार्निङ र फ्रन्ट पार्किङ सेन्सरजस्ता सेफ्टी फिचर समावेश गरिएको छ ।
कम्पनीले नयाँ ब्रेजा ३ फरक पावरट्रेन विकल्पमा उपलब्ध हुनेछ। पहिलो, नयाँ १.० लिटर बुस्टरजेट टर्बो पेट्रोल इन्जिन, जसले ११० बीएचपी पावर र १७० एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पिड म्यानुअल गियरबक्स उपलब्ध हुनेछ र यसको माइलेज प्रतिलिटर २०.१ किलोमिटर रहेको छ। दोस्रो, १.५ लिटर के१५सी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन, जसले १०३ बीएचपी पावर र १३९ एनएमको टर्क उत्पादन गर्छ। सो इन्जिन ६ स्पिड म्यानुअल तथा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ। यसको माइलेज म्यानुअलमा प्रतिलिटर १९.९६ किलोमिटर र अटोमेटिक प्रतिलिटर १९.८ किलोमिटर रहेको छ। तेस्रो विकल्पका रूपमा १.५ लिटर के–१५सी सिएनजी भेरिएन्ट उपलब्ध हुनेछ, जसले सिएनजी मोडमा ८७.८ बीएचपी पावर र १२१.५ एनएम टर्क उत्पादन गर्नेछ। यसको माइलेज प्रतिकिलोग्राम २५.५ देखि २६.९ किलोमिटरसम्म हुनेछ।
नयाँ डिजाइन, पावरफुल टर्बो इन्जिन, आधुनिक प्रविधि, एड्भान्स सेफ्टी फिचर र मूल्यका कारण नयाँ ब्रेजाले टाटा नेक्सन, हुन्डाई भेन्यु, किया सोनेट र महिन्द्रा एक्सयूभी थ्री एक्स ओसँगको प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...