बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – विद्युतीय सवारी साधनको कार वर्गमा लगाउने अन्तःशुल्कलाई घटाउने मन्त्रिपरिषदको निर्णयप्रति नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन (नेभा) ले स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
सो कार्यमा सहयोग गर्ने सबैलाई नेभाले धन्यवाद दिनुका साथै हाल कायम रहेको भन्सार दरलाई पनि अझै घटाउन समेत अनुरोध गरेको छ ।
नेभाका सचिव सरोज थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा हाल वीरगन्ज सुख्खा बन्दरगाहमा व्यवसायीहरुले अनावश्यक झन्झट ब्यहोर्नु परेको बताउँदै समस्या समाधानका लागि पहल गरिदिन समेत नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।
विद्युतीय गाडीमा चालु वर्षको आर्थिक ऐनबाट ४० प्रतिशत भन्सार र क्षमताअनुसार ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाइएको थियो ।
विहीबारको निर्णयअनुसार ३० प्रतिशत अन्तःशुल्क लाग्ने ५० किलोवाटसम्म मोटर प्रयोग भएका गाडीमा ८० प्रतिशत छुट दिइएको छ।
त्यसैगरी ५१ देखि १०० किलोवाटसम्म मोटर प्रयोग भएको गाडीमा लाग्ने अन्तःशुल्कमा ७५ प्रतिशत र १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत अन्तःशुल्कमा छुट दिने निर्णय भएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...