यसो भए ईभी तपाईका लागि उपयुक्त नहुन सक्छ
आजको समयमा इलेक्ट्रिक कारप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। कम सञ्चालन...
चिनियाँ ईभी निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाइल्यान्डमा सबै भन्दा धेरै बिक्री हुने एसयूभी बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ ।
थाइल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एसयूभीहरुमा सबै भन्दा बढी बिक्री भएको नेटा एक्सले उक्त वेस्ट सेलिङ एसयूभीको जित हासिल गर्न सफल भएको बताइएको छ ।
थााइल्यान्डको अटोमोबाइल क्षेत्रमा गत अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरिएन्टहरु नेटा एक्स ४०१ कम्फर्ट तथा नेटा एक्स ४८० स्मार्टको बिक्री तथ्यांकलाई आधार मानिएको छ । थाइल्यान्डका लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्री वितरण हुदै आईर्हेका छन् ।
चिनिया ब्रान्ड नेटाको नेपालको लागि आधिकारिक वितरक सीजी मोटर्स रहेको छ भने नेपालमा नेटा भी तथा नेटा एस मोडलमा इलेक्ट्रिक कारहरु उपलब्ध छन् ।
नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किलोमिटर सम्म चल्न सक्छ । यसमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ । सीएटीएलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किलोमिटरको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालीकता सुनिश्चित गर्दछ । यी विशेषताहरूले नेटा एक्सलाई फिचरयुक्त र इकोफ्रेन्ड्ली एसयूभी खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन् ।
नेपालमा सीजी मोटर्सले पनि इलेक्ट्रिक गाडीहरूको माग बढाउँदै लैजाने उद्देश्यका साथ विभिन्न कार्य गरिरहेको छ । कम्पनीले ईभी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ ।
केही दिन अघि ललितपुरको बागडोलमा नयाँ सर्भिस स्टेसन उदघाटन गर्दै नेपालभरि २१ सर्भिस स्टेसन तथा स्पेयर पार्ट्स बिक्रीको सञ्जाल गरी सम्पूर्ण ग्राहकहरुलाई निरन्तर सेवा दिन तत्पर छ ।
कम्पनीले नेपालभर २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्दै गर्दैछ ।
आजको समयमा इलेक्ट्रिक कारप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। कम सञ्चालन...
काठमाडौं – नेपालमै इलेक्ट्रिक मोटरसाइकल बनाएर चर्चा कमाएको यात्री...
काठमाडौं – नेपालमा विगत ३१ वर्ष देखि विभिन्न प्रतिष्ठित ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...