चेन्नईको रेसिङ ट्रयाकमा नेपाली खेलाडी, तीन दिन सम्म विभिन्न कार्यक्रम हुने
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम...
काठमाडौं – नेपालका प्रसिद्ध बाइक राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशमा आयोजना हुने -याली अफ चाम्बामा भाग लिन जाने भएका छन् । आगामी जुन १६ देखि १९ सम्म हिमाञ्चल प्रदेशको चाम्बामा आयोजना हुने ‘-याली अफ चाम्बा– एक्स्ट्रिम एन्ड टीएसडी एड्भेन्चर २०२२’ मा उनले एक्स्ट्रिम क्याटागोरीमा भाग लिने छन् । यसका लागि उनले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकल प्रयोग गर्नेछन् ।
भारतको हिमाञ्चल प्रदेशस्थित ब्राउन बियर मोटर स्पोर्ट्सले सो प्रतियोगिताको आयोजना गर्छ । चाम्बाबाट साच पास सम्मको दुरीमा आयोजना गरिने सो प्रतियोगिता स्थल करिव ४ हजार ५ सय मिटर उचाईमा अवस्थित छ ।
पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएर नेपालको नाम राखिसकेका दीपकलाई अहिले यो इभेन्टका लागि आयोजकले नै निमन्त्रणा गरेका हुन् । नेपालबाट सहभागी हुने भएकाले उनलाई विशेष सम्मान सहित प्रतियोगिताका लागि केही छुटको समेत व्यवस्था गर्ने आयोजकले प्रस्ताव गरेका छन् ।

पहिलो दिन स्टेज पर्फमेन्स आयोजना हुन्छ । त्यो दिन विभिन्न मनोरञ्जनात्मक क्रियाकलापको आयोजना गरिन्छ । दोस्रो दिन -याली प्रारम्भ हुन्छ । -यालीको रुट अहिले निश्चित भइसकेको छैन । केही समय पछि यसको रुट पनि निश्चित हुनेछ । सो रुटमा ग्राभेल, डर्ट, स्लस जस्ता हार्ड अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा लाइट स्नो पनि हुन्छ ।
भारतको एफएमएससीआई अर्थात फेडरेसन अफ मोटरस्पोर्ट काउन्सिल अफ इन्डियाको सबै निर्देशन पालना गरिने सो प्रतियोगितामा सहभागी हुने राइडरले एफएमएससीआईले प्रदान गरेको लाइसेन्स समेत प्राप्त गरेको हुनुपर्छ ।
सो प्रतियोगिताका लागि २५ हजार भारु रजिस्ट्रेसन शुल्क तोकिएको छ । तर दीपक साहका लागि यो शुल्क सबै मिनाहा गर्ने बताइएको भए पनि उनले केही शुल्क भने आफ्नै अनुरोधमा तिरेका छन् । सबै राइडरका लागि बस्ने र अन्य सबै व्यवस्था गरिएको हुन्छ ।
आगामी जुन १० तारिखका दिन नेपालबाट उनी ¥यालीका लागि प्रस्थान गर्नेछन् । उनी दिल्ली हुँदै चण्डीगढ पुग्ने छन् । त्यहाँबाट आफ्नो म्यानेजर र अन्य सहयोगीका साथ उनी हिमाञ्चल प्रदेशतिर लाग्ने छन् ।

दीपकले अहिले सम्म भाग लिएका कुनै पनि प्रतियोगितामा कुनै सरकारी वा अन्य निकायबाट आर्थिक सहयोग पाएका छैनन् । यस्ता प्रतियोगितामा भाग लिने प्रतियोगीका लागि विभिन्न प्रायोजकहरु समेत उपलब्ध हुन्छन् । तर उनी भने अहिले सम्म आफ्नै व्यक्तिगत खर्चमा भाग लिइरहेका छन् । भन्छन्, ‘यस्ता प्रतियोगितामा भाग लिन पाउनु मेरो लागि खुसीको कुरा हो । मैले देशको नाम राख्न पाएको छु ।
दीपकले पहिलो पटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमालयमा भाग लिएका थिए । यो विश्वकै सबैभन्दा उच्च स्थानमा हुने मोटर स्पोर्ट्स इभेन्ट हो । पहिलो पटक भाग लिने क्रममै उनको खुट्टा भाचिएको थियो । उनले केही समय आराम गर्नुपरेको थियो ।
अर्को वर्ष २०१८ मा उनले रोयल इन्फिल्ड क्याटागोरीमा पहिलो स्थान हासिल गरेका थिए । त्यो वर्ष उनले स्टेजमा नेपालको झन्डा फहराएर पुरस्कार ग्रहण गरेका थिए । रोयल इन्फिल्ड बिधामा सहभागी साहले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै आफूलाई पहिलो नम्बरमा दर्ज गर्न सफल भए ।भएका थिए ।अर्को वर्ष २०१८ मा उनले रोयल इन्फिल्ड क्याटागोरीमा पहिलो स्थान हासिल गरेका थिए । त्यो वर्ष उनले स्टेजमा नेपालको झन्डा फहराएर पुरस्कार ग्रहण गरेका थिए । रोयल इन्फिल्ड बिधामा सहभागी साहले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै आफूलाई पहिलो नम्बरमा दर्ज गर्न सफल भएका थिए ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम...
काठमाडौं – ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण आगामी चैत १९ गतेदेखि...
चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा चितवनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...