टाटाको ईभी : भारतमा लन्च नहुँदै नेपालमा अत्यधिक चर्चा, कहिले आउला नेपाल

टाटा मोटर्सले हालै भारतीय बजारमा सार्वजनिक गरेको इलेक्ट्रिक कार टियागो ईभीको चर्चा निकै नै चुलिएको छ । ८ लाख ४९ हजार भारु देखि मूल्य प्रारम्भ हुने सो ईभी पहिलो दिनमै १० हजार युनिट बुकिङ भएको छ ।

भारतीय ग्राहकहरूको लागि सो कारको टेष्ट ड्राइभ डिसेम्बर २०२२ को अन्त्यमा र डेलिभरी जनवरी २०२३ बाट सुरु हुनेछ । विभिन्न फिचरयुक्त सो इलेक्ट्रिक कारको मूल्य नेपाली बजारमा पनि निकै नै प्रतिस्पर्धि हुने आधारमा सो कार नेपालमा कहिले आउला र कति मूल्य पर्ला भन्ने वारेमा समेत चर्चा प्रारम्भ भएको छ ।

कहिले आउला नेपाल ?
हाल नेपाली बजारमा टाटाका दुई वटा इलेक्ट्रिक कार नेक्सन ईभी र टिगोर ईभी उपलब्ध छन् । भारतमा लन्च भएको लामो समय पछि मात्र नेपाली बजारमा यी सवारी साधन उपलब्ध भएका थिए । यद्यपि अहिले पनि नेक्सन ईभीका लागि कमसेकम ४ महिना सम्म पर्खिनु पर्ने अवस्था छ भने टिगोर ईभीको पनि आफूले चाहे जस्तो भेरिएन्ट र कलर पाउन नसकिने अवस्था छ ।

यो अवस्थामा आगामी दिनमा टियागो ईभीको माग यी दुई ईभी भन्दा अझै बढी हुने अनुमान गर्न सकिन्छ । भारतमै प्रशस्तै माग हुने भएकाले कम्पनीलाई भारतीय बजारको माग धान्नै समस्या हुने सम्भावना छ ।

भारतीय बजारमै यो गाडीको डेलिभरी आगामी सन् २०२३ को जनवरीबाट मात्र हुने भनिएको छ । यसले गर्दा कमसेकम त्यो समय सम्म नेपाली ग्राहकले पर्खिनु पर्ने र त्यसपछि बल्ल नेपाली बजारमा कहिले उपलब्ध हुने भनेर अनुमान गर्न सकिने छ ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यो गाडी नेपाली बजारमा कहिले आउछ भन्ने वारेमा आधिकारिक जानकारी दिएको छैन ।

सामाजिक सञ्जालमा चर्चा
नेपाल अटोले केही दिन पहिले यो गाडी भारतीय बजारमा सार्वजनिक हुने समाचार प्रकाशित गर्दा फेसबुक पेजमा धेरैले विभिन्न प्रतिक्रिया दिएका छन् । दिनेश कुमार शर्मा लेख्छन्, ‘यहाँ भारतमा जुन मूल्य उल्लेख गरिएको छ, त्यो भारतको अन रोड प्राइस हो । यसमा जीएसटी, एक्साइज, रोड ट्याक्स तथा डिलर मुनाफा समेत जोडिएको छ । यसको एक्स–फ्याक्ट्री प्राइस ५–६ लाख भन्दा बढी छैन । ई–भेइकलको नेपालमा यस्तो रेन्जको गाडीमा धेरै भन्सार छैन । त्यसो हुँदा यो गाडी नेपालमा आइपुग्दा १५ लाखमा बेचिनु पर्ने हो । तर नेपालमा सबै गाडीमा यसरी नै भारतको अनरोड मूल्य बढी देखाएर गाडीका आयातकर्ताले बेस्सरी मुनाफाखोरी गरेका छन् ।’

सुदर्शन काफ्लले यसको मूल्य २५–३० लाख पर्ने अनुमान गरेका छन् भने चन्द्र अधिकारीले ३६ लाख । रोशन लिम्बुले २५–२७ लाख पर्ने बताएका छन् भने देवसिंह झेडीमगरले नेपालमा आउदा ३६–३७ लाख पर्छ होला भनेका छन् ।

अधिकांशले नेपाली बजारमा यो गाडी कहिले आउला र कति मूल्य पर्ला भन्ने वारेमा चासो राखेका छन् ।

नेपाली बजारमा भित्रिदा लगाइने कर र अन्य विभिन्न खर्च जोडेर आयातकर्ता कम्पनीहरुले सवारी साधनको मूल्य निर्धारण गर्ने गरेका छन् । यसका आधारमा नेपाली बजारमा यसको मूल्य कति पर्छ भनेर अहिले नै ठ्याक्कै भन्न सकिने अवस्था छैन ।

यस्तो छ टाटा टियागो ईभी

टाटा टियागो ईभीमा २ वटा ब्याट्रीको विकल्प रहेको छ । पहिलो १९.२ किलोवाटको ब्याट्री, जसले ४५ केडब्ल्युएचको पावर र ११० एनएमको टर्क जेनेरेट गर्छ भने दोस्रो २४ किलोवाटको ब्याट्री, जसले ५५ केडब्ल्युएचको पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । सो ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ६ हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

टाटा टियागो ईभीको डिजाइन यसको पेट्रोल मोडलसँग मिल्दोजुल्दो छ । यो ५ रङमा उपलब्ध हुनेछ । यसमा ४५ कनेक्टेड कार फिचरको साथमा जेडकनेक्ट एपको सुविधा पनि दिइएको छ ।

कारमा हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, आई–टिपीएमएस, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट÷स्टप र क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध गराइएको छ । यसमा मल्टी मोड रि–जेनेरेसन पनि उपलब्ध छ ।

टाटा टियागो ईभी जिपट्रोन प्लेटफर्ममा तयार पारिएको हो । यसको फ्रन्टमा २ वटा एयरब्याग रहेको छ । अचानक ब्रेकिङका कारण दुर्घटना हुनबाट बच्नका लागि एबीएस सिस्टममा ईबीडी जडान गरिएको छ । पार्किङका लागि रिभर्स क्यामेरा पनि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

कस्तो रहला इभी एक्सपो-२०२२, २ दर्जन बढी व्रान्ड सहभागी हुने अनुमान

कस्तो रहला इभी एक्सपो-२०२२, २ दर्जन बढी व्रान्ड सहभागी हुने अनुमान

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलो पटक इभी एक्सपो आयोजना गर्न...

दशैंलाई लक्ष्यित गर्दै भित्रिए १६ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

दशैंलाई लक्ष्यित गर्दै भित्रिए १६ सय बढी ईभी गाडी, कुन देशबाट कति आए ?

काठमाडौं – दशैंलाई लक्ष्यित गर्दै ईभी गाडीका बिक्रेता कम्पनीहरूले...

बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

काठमाडाैं – आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...